ईन्भेस्टमेण्ट बैंकको एफपिओ कहिले होला बाँडफाँड ?

Apr 04, 2016 Mero Lagani

 - शेयर नपरेको पैसा बैंक खातामा आउला वा नआउला ?

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओमा लगानी गरेका लगानीकर्ता कहिले शेयर बाँडफाँड हुन्छ अनि शेयर नपरेको पैसा हात लाग्ला भनेर पर्खिएर बसिरहेका छन् । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले पनि लगानीकर्तालाई नपर्खाउने गरि बाँडफाँडको प्रकृयालाई तिब्र बनाएको छ । 

कोषले दिएको जानकारी अनुसार अहिले बाँडफाँड गराउन तिब्र रुपमा काम भैरहेको छ । मेरोलगानीसंग कुरा गर्दै कोषका प्रवक्ता शुसिल अर्यालले भने ‘शेयर बाँडफाँडको मोडेललाई अन्तिम रुप दि ने तयारी भैरहेको छ । अरु प्रकृयागत कामहरु सकिई सकेका छन्, चैत महिना भित्रमा शेयर बाँडफाँड गर्ने हाम्रो योजना छ ।’

प्रवक्त अर्यालका अनुसार केही दिनमा शेयर बाँडफाँडको मोडेल नेपाल धितोपत्र बोर्डमा पठाइने छ । त्यसको ३ दिन भित्रमा शेयर बाँडफाँड हुने छ । अहिलेको गतिमा नै यो काम अघि बढेको खण्डमा मात्र चैत मसान्तसम्ममा शेयर बाँडफाँड प्रकृया पुरा हुने उनको भनाई छ ।

चैत मसान्तमा नै बैंकको शेयर बाँडफाँड भएको खण्डमा बैंकको तेस्रो त्रैमासिक वित्तीय विबरणमा भारी परिवर्तन देखिनेछ । उसको जगेडा मात्र साढे ५ अर्ब रुपैंयाले बढ्नेछ भने चुक्ता पूँजी पनि वृद्धि हुनेछ । यसका साथै अन्य सुचांकमा पनि सकरात्मक परिवर्तन देखिने अवस्थाका कारण पनि चैत मसान्तमा शेयर बाँडफाँड गराउने तयारी गरिएको बुझिन्छ ।

गत फागुन ११ देखि १४ गतेसम्म निष्काशन गरिएको शेयरको बाँडफाँडका लागि नागरिक लगानी कोषसंग २ महिना अर्थात अबगामी बैशाख १४ गतेसम्मको समयसीमा छ । तर कोषले छिटो शेयर बाँडफाँड गरेर लगानीकर्ताको बन्धक बनेको रकम फिर्ता गराउने लक्ष्यका साथ प्रकृयालाई तिब्र बनाएको हो । प्रवक्ता अर्यालका अनुसार २९ वा ३० गते शेयर बाँडफाँड हुने करिब करिब पक्का छ ।

६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया बढी हुनेछ । बैंकले ६०१ रूपैयाँमा एफपीओ जारी गरेकोमा झण्डै ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो ।

शेयर नपरेको पैसा बैंक खातामा आउला कि नआउला ?

नगरिक लगानी कोषका अनुसार अहिले यसै सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको खाता विबरण उल्लेख गराएका सबै आवेदकको शेयर नपरेको पैसा सिधै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाई सकिएको कोषका प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार अन्य बैंकको हकमा पनि कसरी सिधै बैंक खातामा रकम जम्मा गराउन सकिन्छ भनेर छलफल तथा लगानीकर्ताको तथ्यांक भिडाउने काम भैरहेको छ । सबै आवेदकको रकम बैंक खातामा पठाउन नसकिए पनि अधिकांसको रकम बैंक खातामा फिर्ता गराउने तयारीमा कोष लागेको उनले जानकारी दिए । 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।