सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सलको मर्ज सकिनै लाग्यो, लगानीकर्तालाई यसरी हुँदैछ फाईदै - फाईदा

Apr 07, 2016 Merolagani

बैंक तथा बित्तीय संस्थाहरु गाभिने क्रम बढिरहेको बेला धेरै लगानीकर्तालाई चिन्ता हुने गर्छ,-अब मेरो बैंक कोसँग गाभिने हो र कति महिनासम्म शेयर बन्धकी राखेर बस्नुपर्ने हो ? तर सिद्धार्थ बैंक(SBL) र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंक(BUDBL)का लगानीकर्ताहरुलाई भने मर्ज प्रक्रियाले उत्साह थपेको हुनुपर्छ । सबैभन्दा चाँडै मर्ज प्रक्रिया समाप्त गर्नेमा पनि यी दुई संस्था नै अगाडि हुने देखिएको छ ।

 

सिद्धार्थ बैंकका लगानीकर्ता मात्रै हैन सो बैंकमा गाभिने सम्झौता गरेको बिजिनेश युनिभर्सलका लगानीकर्ता पनि बैंकले गर्दै गरेको प्रगतिले हौसिनु स्वभाविक मान्न सकिन्छ तर मर्ज प्रक्रिया सकिने बित्तिकै दुबै बैंकका शेयरधनीले २५ प्रतिशत हकप्रद शेयर किनेर प्रगतिमा थप भागीदारी लिन पाउने भएकाले हौसिनुपर्ने अर्को कारण पनि छ ।

सिदार्थ बैंकले बैसाख १२ गते राजधानीमा बिशेष साधारणसभा गरी दुबै बैंकको मर्ज प्रक्रियालाई अन्तिम रुप दिने, शेयर आदान प्रदान अनुपात स्वीकृत गर्ने र बैंकको नाम सिद्धार्थ बैंक नै राख्ने निर्णय गर्ने भएको छ ।

सोही दिन बिजिनेश युनिभर्सलले पनि बिशेष साधारणसभा बोलाएर सिद्धार्थले जस्तै निर्णयहरु गर्दैछ ।

मर्ज सकिए लगत्तै दुबै बैंकका लगानीकर्ताले २५ प्रतिशत हकप्रद शेयर किन्न पाउने भएका छन् । बिशेष साधारणसभाले मर्ज पुरा भएको प्रस्ताव पारित गरी राष्ट्र बैकबाट स्वीकृत भएपछि हकप्रद निश्काशन गर्ने गरी पूँजी बृद्धि गरिनेछ ।

यति मात्रै कहाँ हो र ? मर्जपछिको सिद्धार्थ बैंकका लगानीकर्ताले बिजिनेश युनिभर्सलको कम स्वाप रेसियोबाट प्राप्त हुने रकम र बढ्दो प्रति शेयर आम्दानीबाट मनग्ये बोनस शेयर पनि प्राप्त गर्नेछन् । सिद्धार्थ बैंकको हाल प्रति शेयर आम्दानी ४१ रुपैयाँ रहेको छ । यो नबिल, एभरेष्ट, स्टान्डर्ड चार्टड र एसबीआईपछिको पाँचौ धेरै प्रति शेयर आम्दानी हो । उता बिजनेश युनिभर्सल पनि बलियो बिकास बैंक रहेकाले उसले कमाउने रकम समेत थपिदा बोनस शेयरको मात्रा बढ्ने निश्चित छ ।

दुई अर्ब ४३ करोड चुक्ता पूँजी भएको सिद्धार्थ र एक अर्ब ५ करोड भएको बिजिनेश युनिभर्सल जोडिदा तीन अर्ब ५० करोडको हाराहारीमा चुक्ता पूँजी पुग्ने देखिन्छ तर स्वाप रेसियोको आधारमा मिलान गर्दा केही कम नै होला । राष्ट्र बैंकले समानुपातिक रुपमा पूँजी बृद्धि गर्नुपर्ने प्रावधान लागु गरेकाले २५ प्रतिशत हकप्रद बिक्री गरेपछि चुक्ता पूँजी चार अर्ब नाघ्ने देखिन्छ ।

सिद्धार्थ बैंक दुई वटा सामुहिक लगानी कोष, सहायक कम्पनीको रुपमा सिद्धार्थ क्यापिटल समेत संचालन गरी राम्रो पूँजी आधार बनाएको बाणिज्य बैंक हो । उसले डिबेन्चर र ऋणपत्रहरुको स्किम पनि संचालन गरेको छ । उसको निस्क्रिय कर्जा १.४१ प्रतिशत, पीई रेसियो १५ र जगेडा कोष एक अर्ब ८१ करोडको छ । क्रमबद्ध रुपमा प्रगति गर्दै गएको सिद्धार्थ बैंकको शेयर मूल्य अन्य बाणिज्य बैंकको तुलनामा कम भएकाले यसको शेयर कारोबार खुल्दा शेयर किन्नेहरुको ताँती लाग्ने आँकलन अहिल्यै गर्न सकिन्छ ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।