तिनाउको तरक्की हुँदा जानकी, युनिक र सगरमाथाको के भयो ?

Apr 24, 2016 Merolagani

तपाइँले शायद सोच्नु भएको होला, देशका ठूला बाणिज्य बैंकहरुले मात्रै प्रगति गर्दैछन्, बिकास बैंक र फाईनान्स कम्पनीहरुको केही भर छैन । तर तपाइँका सोचाईहरु फरक पर्नसक्छन् किनभने साना बिकास बैंक र फाईनान्सहरु पनि राम्रै प्रगति गर्दै आकर्षक लाभांश बाड्नसक्ने हैसियत बनाउँदैछन् । मात्रै यत्ति कुरा हो -तपाईले माल चिन्न सक्ने कि नसक्ने ? 

तिनाउ बिकास बैंक TNBL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा दोब्बर पारेर ६ करोड २० लाख कमाएको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ९२ लाख खुद नाफा गरेको तिनाउले ब्याज आम्दानी र संचालन नाफा बढाएर खुद नाफा बढाएको हो ।


२४ करोड चुक्ता पूँजी रहेको बैंकले प्रति शेयर आम्दानीलाई ३७ रुपैयाँ नघाएको छ भने निक्षेप र कर्जामा पनि बढोत्तरी गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.१३ र मूल्य आम्दानी अनुपात ८.६४ रहनु निकै आकर्षक पक्ष हो । तिनाउको जगेडा कोषमा ८ करोड छ । 

उता जनकपुरको जानकी फाईनान्स(JFL)को भने गत बर्षको तेस्रो त्रैमासको तुलनामा खुद नाफा एक करोड भन्दा बढीले घटेको छ । गत बर्ष उसले ४ करोड ३१ लाख खुद नाफा गरेकोमा यस बर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड २ लाख मात्र खुद नाफा गर्न सकी ३१ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ७२ पैसामा खुम्चिएको छ । निक्षेप र कर्जा परिचालन सामान्य रुपमा बढे पनि ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आउँदा फाईनान्सको खुद नाफाप्रभावित भएको देखिएको छ । कम्पनीको निस्क्रिय कर्जा अनुपात भने ५.२५ बाट घटेर ३.९७ मा सिमित भएको छ । जानकीको जगेडा कोषमा १४ करोड रुपैयाँ छ । 


यता, काठमाडौको युनिक फाईनान्स(UFIL)को खुद नाफामा दोब्बर भन्दा बढीले बढोत्तरी भई ३ करोड ३३ लाख पुगेको छ । कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ४८ लाख मात्र खुद नाफा गर्न सकेको थियो । ब्याज आम्दानी र संचालन मुनाफा बढाएर कम्पनीले खुद नाफामा बढोत्तरी गरी प्रति शेयर आम्दानी १४।९५ कायम गरेको छ । २३ करोड चुक्ता पूँजी रहको कम्पनीको मुल्य आम्दानी अनुपात १४.६५ र निस्क्रिय कर्जा अनुपात ०.०९ प्रतिशतमा सिमित हुनु आकर्षक पक्ष हो । युनिकको जगेडा कोषमा ६ करोड रुपैयाँ छ । 


यसैगरी काठमाडौकै सगरमाथा फाईनान्स(SAFL)ले पनि खुद नाफालाई गत बर्षको तुलनामा दुई करोड भन्दा बढीले बढाएर ६ करोड २२ लाख नघाएको छ । ३१ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २६ र मूल्य आम्दानी अनुपात ११.४५ र निस्क्रिय कर्जा अनुपात केही बढेर ३.८३ प्रतिशत रहेको छ । सगरमाथाको जगेडा कोषमा १७ करोड रुपैयाँ छ । 

 
यसैगरी हालै मेगामा गाभिएको पश्चिमान्चल डेभ्लपमेन्ट बैक(PDBL)को पनि खुद नाफा बढेको बित्तीय बिबरण प्रकाशित भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।