कम्युनिटीले शतप्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै

Apr 25, 2016 Mero Lagani

वुटवलको रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ । त्यस्तै नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले पनि पचास प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर जारी गर्ने भएको छ । कम्युनिटीले यहि वैशाख ३० र कर्णालीले आगामी जेठ २ गतेबाट हकप्रद सेयर जारी गर्न लागेका हुन् ।


कम्युनिटीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैंकले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।

हकप्रपश्चात बैंकको पुँजी २० करोड रुपैयाँ पुँग्नेछ । हकप्रदका लागि बैशाख १६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

 

कर्णाली डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका चार लाख कित्ता सेयर निस्कासन गर्न लागेका हुन् । आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रदपश्चात बैंकको पुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

कर्णालीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ ।

 

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।