ज्योति, झिमरुक र हाम्रो विकास बैंकले किन बोलाए एकैदिन विशेष साधारणसभा ?

Apr 25, 2016 Mero Lagani

ज्योति विकास बैंक (JBBL) ,हाम्रो विकास बैंक (HAMRO)  र झिमरुक विकास बैंक (JHBL) ले वैशाख ३१ गतेका लागि विशेष साधारणसभा बोलाएका छन् । मर्जर प्रक्रियामा रहेका यी तीन बैंकले मर्जर प्रक्रियालाई अन्तिमरुप दिन एकैदिन विशेषसाधारण राखेका हुन् । यी तीन बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।


ज्योति विकास बैंक र हाम्रो विकास बैंकले मर्जर सम्बन्धी सम्झौता गरेको करिब दुई महिना पश्चात यी दुई बैंकको मर्जर प्रक्रियामा झिमरुक पनि थपिएको थियो ।

यसै आर्थिकबर्षभित्र मर्जर सकेर एकिकृत कारोबार थाल्ने लक्ष्य राखेका बैकले मर्जर लगायतका एजेण्डा राखेर यहि वैशाख ३१ गते विशेषसाधारणसभा बोलाएका हुन् ।

 

 

यी तीन बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड नाघ्नेछ ।मर्जरपछि नयाँ बन्ने बैंक पनि ज्योति विकास बैंककै नामबाट संचालनमा आउनेछ् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।