लौ आयो नेपाल बैंकबाट १० लाख कित्ता नेपाल ईन्स्योरेन्सको शेयर लिलामको सूचना, कति होला आम्दानी ?

Apr 27, 2016 Merolagani

नेपाल बैंक(NBL)ले आफ्नो नाममा रहेको नेपाल ईन्स्योरेन्स(NICL)को १० लाख ३१ हजार ६७४ कित्ता संस्थापक शेयर लिलाममा निकालेको छ । नेपाल ईन्स्योरेन्सको ५१ प्रतिशत शेयर स्वामित्व लिएको नेपाल बैंकले न्युनतम ४०० रुपैयाँमा सो शेयर सर्वसाधारण तथा कम्पनीहरुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न सूचना निकालेको हो ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको १३ लाख ५० हजार कित्ता शेयर मध्ये १० लाख ३१ हजार ६७४ कित्ता मात्र बेच्न चाहेर नेपाल ईन्स्योरेन्समा आफ्नो उपस्थिति कायमै राख्न खोजेको छ । सिद्धार्थ क्यापिटलमार्फत अगाडि बढाईएको शेयर लिलाममा सहभागी हुन चाहनेले न्युनतम १०० कित्ता र अधिकतम ४ लाख ३१ हजार ४१० कित्ताका लागि आबेदन दिनसक्ने छन् । कुनै संस्था वा ब्यक्तिले लिलाममा आएको सबै शेयर आफुले किन्न चाहे पनि नसक्ने प्रावधान राखी १५ प्रतिशत स्वामित्व मात्रै लिनसक्ने ब्यवस्था गरिएको छ ।

लिलाममा निकालिएको नेपाल ईन्स्योरेन्सको शेयर संस्थापक समूहमै रहने र संस्थापक शेयर धारण गर्न योग्य ब्यक्ति तथा कम्पनीहरुले आबेदन गर्नसक्ने सूचनामा जनाईएको छ । शेयर सकार्न चाहनेहरुले माग गरेको शेयर वापतको पुरा रकम जम्मा गरी सिद्धार्थ क्यापिटलमा जेठ ४ गतेभित्रमा आबेदन दिईसक्नु पर्ने भएको छ । 

कस्ले सकार्ला लिलाम ?

नेपाल ईन्स्योरेन्स निर्जिबन बीमा कम्पनीहरु मध्ये बलियो कम्पनी रहेकाले यसमा संस्थापक भई लगानी गर्न बैंक तथा बित्तीय संस्थाहरु उत्साहित हुने देखिएको छ । बीमा बजारको फैलावट बढ्दै गएको र ब्यापक संभावना रहेकाले पनि संस्थागत लगानीकर्ताहरुको चासो नेपाल ईन्स्योरेन्सको शेयरमा पर्ने आँकलन गरिएको छ । आगामी दिनमा बीमा क्षेत्रको अनिबार्य पूँजी बृद्धिको नीति लागु भएमा संस्थागत लगानीकर्ताहरुले सजिलै रकम हाल्नसक्ने हुँदा नेपाल ईन्स्योरेन्सले जत्ति पनि पूँजी बढाउनसक्ने हुन्छ । अहिले १० लाख कित्ता शेयर लिलाम भए पनि नेपाल बैंकसँग अरु ४ लाख कित्ता शेयर बाँकी नै रहने छ ।

नेपाल ईन्स्योरेन्सको चुक्ता पूँजी २६ करोड ३८ लाख रुपैयाँ मात्र रहेको छ भने उसको जगेडा कोषमा १६ करोड, बीमा कोषमा ९ करोड, चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा दुई करोड ४३ लाख रुपैयाँ र प्रति शेयर आम्दानी ९ रुपैयाँ रहेको छ ।  

कति होला आम्दानी ?

नेपाल ईन्स्योरेन्सको साधारण शेयर मुल्य हाल ७६० रुपैयाँको हाराहारीमा रहेकोले लिलाममा निकालिएको शेयर सजिलै बिक्ने र यसबाट कम्तिमा ४१ करोड रुपैयाँ नेपाल बैंकलाई आम्दानी हुने देखिएको छ । आबेदन गर्नेहरुको चापले बढी मूल्यमा लिलाम सकारिएमा झन् नेपाल बैंकको आम्दानी बढ्ने देखिन्छ । यो रकमलाई नेपाल बैंकले आफ्नो आम्दानीमा जनाई जगेडा कोष बलियो बनाउन उपयोग गर्नेछ ।

नेपाल बैंकले नागरिक लगानी कोषको ४ लाख कित्ता शेयर राष्ट्रिय बीमा कम्पनीलाई बेच्ने प्रक्रिया जारी रहेकाले त्यसबाट हुने एक अर्ब रुपैयाँ आम्दानीमा बाँधिने छ भने तारागाउँ रिजेन्सी होटलको ४ लाख कित्ता शेयर पनि यही चौथो त्रैमासभित्रै बेचिने गरी सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ । त्यसैगरी नेपाल बैंकले डिप्रोक्स लघुवित्त बिकास बैंकको ४ लाख कित्ता शेयर पनि बेच्ने संभावना छ ।

अर्को तर्फ चितवन र तनहुँका जग्गा बिक्री गरेको रकम पनि नेपाल बैंकको बित्तीय बिबरणमा समाबेश हुन बाँकी रहेको छ भने नियमित कारोबारबाट गरेको आम्दानी पनि बढ्दै गएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिबरण आकर्षक हुनुका साथै चौथो त्रैमासमा नेपाल बैंकले चमत्कार गर्ने संकेतहरु देखिएका छन् । नियमित कारोबारबाट आम्दानी बढाउनुका साथै शेयर तथा सम्पति बेचेर चौथो त्रेमासमा नेपाल बैंकको जगेडा कोष ३ अर्ब रुपैयाँ जत्तिले धनात्मक हुने आँकलन गरिएको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासम्म नेपाल बैंकले एक अर्ब ४ करोड खुद नाफा गरेको थियो भने जगेडा कोष एक अर्ब ४६ करोडले ऋणात्मक थियो ।

काठमाडौको न्युरोड लगायत देशका मूख्य शहरहरुमा अर्बौ रुपैयाँ बराबरको सम्पति र अरु कम्पनीहरुको लाखौ कित्ता शेयर धारण गरिबसेको नेपाल बैंक सम्पति बेचेरै सबल बन्नसक्ने आधार देखिएको छ । त्यसमाथि पुराना कर्मचारीहरुलाई बिदा गरेर प्रबिधिमा अभ्यस्त युवा पुस्तालाई धमाधम कर्मचारीमा भर्ना गर्दै गरेको नेपाल बैंकले आधुनिक बैंकिड.मा पनि छलाड. मार्ने तयारी गरेको छ । सुन्य ब्याजदरमा प्राप्त भईरहेको सरकारी निक्षेप कर्जामा परिचालनमा सहायक बन्दा नेपाल बैंकले अरु प्रगति गर्ने बलियो संभावना छ । प्रमुख कार्यकारीमा देबेन्द्रप्रताप शाह गएपछि बैंकको संस्थागत सुशासन पनि मजबुत भएर गएको बताईन्छ ।

६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको नेपाल बैंकले चुक्ता पूँजी ८ अर्ब बनाउन झण्डै २४ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरिसकेको छ ।

कम्पनीलाई अरु बलियो बनाउन एनआईडीसी डेभ्लपमेन्ट बैंकलाई समेत आफुमा गाभ्ने सैद्धान्तिक निर्णय उसले गरिसकेको छ । झण्डै तीन अर्बको जगेडा कोष र अथाह सम्पतिको मालिक एनआईडीसीलाई नेपाल बैंकमा गाभ्ने निर्णयमा सरकारले लालमोहर लगाएमा केही बर्ष अघि झण्डै विघटनमा जानबाट बचेको नेपालको सबैभन्दा पुरानो बैंक अबका दिनमा सबैभन्दा बलियो र आकर्षक प्रतिफल दिने बैंकको नयाँ अवतारको रुपमा उदाउने देखिन्छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।