मुद्धै मुद्धामा जेलिएको नेशनल हाईड्रोको खुद नाफा बढ्दा लगानीकर्ता किन हौसिने ?

Apr 28, 2016 Merolagani

शेयर बजारमा दैनिक कारोबारमा औसत धेरै शेयर किनबेच हुनेमा पर्ने नेशनल हाईड्रोपावर कम्पनी(NHPC)ले बिहीबार तेस्रो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेको छ । तेस्रो त्रैमाससम्ममा उसले खुद नाफा ७ करोडले बढाएर जगेडा कोष ४६ करोड पुर्याँउँदा प्रति शेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

नेशनल हाईड्रोले गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा ३ करोडले बढाउँन सकेको छ । यस त्रैमासिक अबधिमा १३ करोड बराबरको बिद्युत बेचेकोमा गत बर्षको सोही अबधिको तुलनामा बिक्रीमा कमी आएको छ । एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको कम्पनीको  प्रतिशेयर नेटवर्थ १३३.५८ र मूूल्य आम्दानी अनुपात २५.१८ रहेको छ ।

नेशनल हाईड्रोको हाल संचालनमा रहेको ७ मेगावाटको आयोजना निर्माण गर्दा नबिल बैंकबाट लिइृएको कर्जा तिरेपछि गत असोजबाट कमाएको रकम जगेडा कोषमा जम्मा हुन थाल्दा कोषमा रहक बढेको देखिएको छ । 


नेशनल हाईड्रो मुख्य प्रबद्र्धक रहेको सुनकोशी हाईड्रोपावरले निर्माण गर्ने भनिएको साढे चार मेगावाटको तल्लो ईन्द्रावतिको लाईसेन्स खारेज भए पनि त्यसमा बैंकहरुले लगानी गरेको २० करोड कर्जाको भारी नेशनल हाईड्रोले बोक्नु परेको छ । सो कर्जा नेशनल हाईड्रोले तिर्ने गरी सकारे पनि यस त्रैमासमा त्यो कर्जाको सावाँ ब्याज बित्तीय बिबरणमा उल्लेख भएको पाईएको छैन ।


त्यसैगरी कम्पनीका कार्यकारी प्रमुखले गरेको ब्यवस्थापकीय बिश्लेषणमा नेशनल हाईड्रोको पक्ष र बिपक्षमा पुनराबेदन अदालत पाटनमा चारवटा मुद्धाहरु बिचाराधिन रहेको उल्लेख गरिएको छ । ती मुद्धाहरुको छिनाफानो नलागेसम्म कम्पनीमा स्वच्छ वातावरण नबन्ने देखिएको छ । हालै गरिएको बिशेष साधारण सभामा सबै संचालक र प्रबद्र्धकहरुले अब झगडा नगरी कम्पनीलाई नयाँ रुपमा अघि बढाउने कसम खाए पनि त्यस अनुरुप ब्यवहार भई अदालतमा बिचाराधिन रहेका मुद्धाहरु फिर्ता गर्ने र मिलापत्र गर्ने कार्य नहुँदा नेशनल हाईड्रोका लगानीकर्ता अन्योलमै छन् ।

बिशेष साधारणसभाले नियुक्त गरेका दुई जना लेखापरीक्षकले बिगतका बर्षहरुमा भएको कम्पनीको आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी प्रतिबेदन नआउँदा र छानविन प्रतिबेदन कार्यान्वयन नथाँलदासम्म कम्पनीको वास्तविक अबस्था के छ भन्ने कुरा यकिन गर्न मुस्किल परेको छ । छानविन समितिले २०६५ सालदेखि २०६८ सालसम्ममा कम्पनीमा गंभीर खाले अनियमिततता भएको भन्दै प्रतिबेदन बिशेष साधारणसभामा पेश गरेको थियो ।

नेशनल हाईड्रोले भोजपुरमा १० मेगावाटको तल्लो ईखुवाखोला आयोजना निर्माणको प्रारम्भिक कार्य अगाडि बढाईएको जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।