गरिमा, कञ्चन र शुभेच्छा विकास बैंकको चैत मसान्तको कमाइ यस्तो, अरु सुचकको अवस्था कस्तो ?

Apr 28, 2016 Mero Lagani

गरिमा विकास बैंकले चैत मसान्तमा गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यस पटक आफ्नो कमाइमा छलाङ मारेको छ । बैंकले गत आर्थिक वर्षको चैतको तुलनामा आफ्नो खुद नाफा झण्डै ५ करोड रुपैंयाले बढाएको छ । उता कञ्चन डेभलपमेण्टको पनि नाफा बढेको भने शुभेच्छा विकास बैंकको नाफा भने घटेको छ ।

कसको पूँजी कति ?

पोखरामा मुख्य कार्यालय रहेको गरिमा विकास बैंकको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैंया छ । त्यसै गरि कञ्चनपुरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेण्टको चुक्ता पूँजी १९ करोड ८० लाख तथा नारायणगढ, चितवनमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकको चुक्ता पूँजी २२ करोड ७३ लाख ११ हजार रुपैंया छ ।

कसको नाफा कति ?

चालु आर्थिक वर्षको चैत मसान्तमा गरिमा विकास बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा गरेको छ । कञ्चल डेभलपमेण्ट बैंकले चैतसम्ममा ३ करोड ३६ लाख ८१ ह्जार तथा शुभेच्छाले १ करोड ३५ लाख ७० हजार रुपैंया खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा गरिमाले ९ करोड ९८ लाख ९ हजार, कञ्चनले २ करोड ७९ लाख ४१ ह्जार तथा शुभेच्छाले १ करोड ७० लाख ८६ हजार रुपैंया खुद नाफा कमाएका थिए । यस आधारमा गरिमाको ४ करोड ६० लाख बढीले खुद नाफा बढ्दा कञ्चनको पनि ५६ लाख बढीले खुद नाफा बढेको छ भने शुभेच्छाको खुद नाफा ३५ लाख बढीले घटेको छ ।


कसको जगेडा कति ?

गत आर्थिक वर्षको यहि समयमा १७ करोड ४६ लाख ७२ हजार रुपैंया रहेको जगेडाकोषलाई गरिमा विकास बैंकले अहिले बढाएर २७ करोड २६ लाख १० हजार रुपैंया पुर्याएको छ । त्यसै गरि कञ्चन डेभलपमेण्ट बैंकले पनि गत चैत मसान्तमा ४ करोड २२ लाख ४४ हजार रुपैंया रहेको जगेडा कोषलाई बढाएर ५ करोड ४७ लाख ७६ हजार रुपैंया पुर्याएको छ । उता शुभेच्छा विकास बैंकको पनि गत वर्षको चैत मसान्तमा ४ करोड ५३ लाख ४२ हजार रुपैंया रहेको जगेडा कोषलाई बढाएर ५ करोड ८२ लाख ३५ हजार रुपैंया पुर्याएको छ ।

 

 

अरु अवस्था के छ ?

गरिमाले चैत मसान्तसम्ममा ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन गरि ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ । त्यसै गरि कञ्चनले सोही अवधिमा १ अर्ब ७० करोड ९५ लाख ७९ हजार रुपैंया निक्षेप संकलन गरि १ अर्ब ५० करोड ८१ लख १३ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने शुभेच्छाले २ अर्ब ८ करोड ५१ लाख ९४ हजार रुपैंया निक्षेप संकलन गरि १ अर्ब ६१ करोड ४३ लाख १८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ ।

गरिमाको निष्कृय कर्जा गत आर्थिक वर्षको यहि समयमा शुन्य दशमलव ५६ प्रतिशत रहेकोमा यस पटक बढेर शुन्य दशमलव ६२ प्रतिशतमा पुगेको छ । कञ्चनको निष्कृय कर्जा अनुपात २ दशमलव २४ प्रतिशतबाट घटेर शुन्य दशमलव ९२ प्रतिशतमा झरेको छ भने शुभेच्छाको पनि २ दशमलव ४८ प्रतिशतबाट घटेर १ दशमलव ४१ प्रतिशतमा झरेको छ ।

गरिमाको प्रतिशेयर आम्दानी २२ रुपैंया ९२ पैसा छ भने कञ्चनको २२ रुपैंया ६८ पैसा र शुभेच्छाको ७ रुपैंया ९६ पैसा रहेको छ । गरिमाको प्रतिशेयर नेटवर्थ १ सय ९१ रुपैंया ९५ पैसा छ भने कञ्चनको १ सय २७ रुपैंया ६६ पैसा तथा शुभेच्छाको १ सय २५ रुपैंया ६२ पैसा रहेको छ । ३ विकास बैंकको वित्तीय अवस्था यस्तो हुँदै गर्दा यी ३ बैंकको शेयर कारोबार कति रुपैंयामा भइरहेको छ भन्ने विषय पनि सान्दर्भिक हुन सक्छ । बुधबार नेप्सेमा गरिमा विकास बैंकको प्रतिकित्ता शेयर ३ सय ५६ रुपैंयामा किनबेच भएको छ । कञ्चन डेभलपमेण्ट बैंकको प्रतिकित्ता शेयर ४ सय २८ रुपैंयामा कारोबार भइरहँदा शुभेच्छा विकास बैंकको पनि ३ सय ४९ रुपैंयामा शेयर कारोबार भएको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।