जलविद्युत कम्पनीको शेयर प्रमाणपत्र बितरण २ साता पछि मात्रै

May 01, 2016 Mero Lagani

शेयर निष्काशन भएको ७ महिना बित्न लाग्दासम्म शेयर प्रमाणपत्र बितरण हुन नसकेको जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले जेठ पहिलो साता मात्र प्रमाण पत्र बितरण गर्ने भएको छ । अहिले प्रमाणपत्र छपाई सकेर हस्ताक्षरको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

३ लाख ४ हजार जना शेयरधनी बनेका जलविद्युत लगानी तथा विकास कम्पनी ले शेयर प्रमाणपत्र बितरणको काम अन्तिम अवस्थामा पुगेको जनाएको हो । यस अघि बैशाख दास्रो सातादेखि प्रमाणपत्र बितरण गर्ने जनाएको कम्पनीले प्राविधिक कारणले २ साता ढिलो गरेर प्रमाणपत्र बितरण गर्न लागिएको जनाएको हो ।

‘दैनिक ७ हजारका दरले शेयर प्रमाणपत्र छापेर सबै प्रमाणपत्र तयार पारिसकिएको छ ।’ कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका प्रवक्त शुसिल अर्यालले मेरोलगानीसंग कुरा गर्दै भने । ‘नागरिक लगानी कोषले सबै प्रमाणपत्रमा हस्ताक्षर गराउने काम सकेर सहायक निष्काशकहरुलाई बुझएको छ, उताको प्रकृया सक्नासाथ प्रमाणपत्र बितरण सुरु हुन्छ’ अर्यालले भने ।

डिम्याट खातामा शेयर आउला कि नआउला ?

जलविद्युत कम्पनीको शेयर डिम्याट खातामा आउँदैन । अहिले सबै शेयर प्रमाण पत्र छापेर बितरण गर्ने तयारी भैरहेको छ । शेयरधनीले कागजी शेयर प्रमाणपत्र पाए पछि फेरी शेयर डिम्याट गराउनु पर्ने हुन्छ । यस सम्बन्धमा कम्पनी तथा बिक्रि प्रबन्धकको भनाई यस्तो छ ‘यतिबेला शेयर निष्काशन गरेको भए शेयर छपाईको समस्या नै झेल्नु पर्ने थिएन । अलि छिटो शेयर निष्काशन भएकाले लगानीकर्ताले एक चरणको काम धेरै गर्नु पर्ने भयो ।’

ग्लोबल आइएमई क्यापिटल कम्पनीको आरटिएस नियुक्त

जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रौनियारले शेयर प्रमाणपत्र बितरणको तयारी अन्तिम चरणमा पुगेका कारण आरटिएस पनि नियुक्त गरिएको बताए । उनका अनुसार कम्पनीको शेयर डिम्याट गराउने, सुचिकरण गराउने, लगानीकर्ताको विबरण अनुसार काम गराउनका लागि ग्लोबल आइएमई क्यापिटलसंग आरटिएसको सम्झौता गरिएको हो ।

शेयर प्रमाणपत्र लिए पश्चात लगानीकर्ताले कुनै समस्या आएको खण्डमा आवश्यक प्रकृया पुरा गराउनका लागि नाचघरमा रहेको ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क राख्नुपर्ने हुन्छ । कम्पनीको आरटिएस ग्लोबल आइएमई क्यापिटल भएका कारण डिम्याट खाता नहुनेले क्यापिटलमा डिम्याट खाता खोलेर त्यहिँ गएर शेयर डिम्याट गराउन दिएको खण्डमा सबै काम एकै स्थानमा हुने भएकाले छिटो काम सकिने देखिन्छ ।

शेयर प्रमाणपत्र लिन भने आवेदन दिइएको स्थानमा नै जानु पर्ने कम्पनीले जनाएको छ ।

२ अर्ब रुपैंयाका लागि जलविद्युत लगानी तथा विकास कम्पनलीले सर्वसाधारणका लागि गत मंसिरमा साधारण शेयर निष्काशन गरेको थियो । हाल ८ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले १० अर्ब चुक्ता पूँजी पुर्याउनका लागि साधारण शेयर निष्काशन गरेको हो ।

२०६८ साल साउनमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारीपूँजी १० अर्ब तथा चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । चार वर्षअघि स्थापना भएको कम्पनीले आफ्नो निर्धारित चुक्ता पूँजी १० अर्ब पुर्याउन सर्वसाधारणलाई २ अर्ब रुपैंया बराबरको शेयर जारी गरेको हो ।

कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । यी आयोजनाहरुमा मात्र ४३ अर्ब रुपैयाँ बराबरको लगानी हुने कम्पनीले जनाएको छ । यी आयोजनाहरु सन् २०१७ सम्ममा सम्पन्न भईसक्ने कम्पनीले अपेक्षा छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।