२५ प्रतिशत बोनस प्रस्ताव गरेको लाइफ इन्स्योरेन्सले चैत मसान्तमा कति कमायो ?

May 04, 2016 Mero Lagani

- जेठ ११ गते बोलायो साधारण सभा
- कहिलेदेखि हुन्छ बुक क्लोज ?
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको चैत मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोडले नाफा बढाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २४ करोड ९० लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीले १९ करोड ४८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

५ अर्ब ३२ करोड ८१ लख ९९ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५६ करोड ७९ लाख ६६ हजार रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ । ५ लाख १८ हजार ५ सय ४६ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सको यस वर्षको अन्त्यमा भुक्तान हुनु पर्ने दाबी रकम १ करोड २१ लख ९३ हजार रुपैंया छ ।

चुक्ता पूँजी ८५ करोड ५५ लाख ६२ हजार ५ सय रुपैंया रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७५ लाख ३६ हजार रुपैंया सञ्चित छ । २० अर्ब २४ करोड ८३ लाख ५० हजार रुपैंयाको जीवन बीमा कोष रहेको कम्पनीको महाविपत्ती जगेडा ५करोड ६० लाख ८७ हजार रुपैंयाको छ ।

जेठ ११ गते हुने साधारण सभाका लागि कम्पनीले बैशाख ३० गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने जनाएको छ । २५ प्रतिशत बोनस पाउनका लागि कम्पनीको शेयर कारोबारमा चाप बढेको छ । २ दिन अघिसम्म बढेको कम्पनीको शेयर मुल्य पछिल्ला २ दिनमा घट्दा बुधबार ३ हजार ९ सय ९९ रुपैंया प्रतिकित्ताका दरले किनबेच भएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।