शेयर प्रमाणपत्र लिन शेयरबाँडफाँडको पत्र तथा नगरिकताको प्रतिलिपी सहित आवेदन दिइएको स्थानमा नै जानु पर्ने कम्पनीले जनाएको छ ।
८ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले १० अर्ब चुक्ता पूँजी पुर्याउनका लागि दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो। त्यसमा साढे २१ गुणा बढी अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो। जसमा ३ लाख ४ हजार जनाले जलविद्युत लगानी तथा विकास कम्पनी शेयर पाएका थिए ।
कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । ९० देखि ५०० कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए । जस अनुसार १०० कित्ता भर्नेले १२ कित्ता पाएका थिए भने ५०० कित्ता भर्नेले ५६ कित्ता पाएका छन्। त्योभन्दा माथि भर्नेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।
शेयरधनीले कागजी शेयर प्रमाणपत्र पाए पछि फेरी शेयर डिम्याट गराउनु पर्ने हुन्छ । कम्पनीले शेयर डिम्याट गराउने, सुचिकरण गराउने, लगानीकर्ताको विबरण अनुसार काम गराउनका लागि ग्लोबल आइएमई क्यापिटलसंग आरटिएसको सम्झौता गरिसकेको छ ।
२०६८ साल साउनमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारीपूँजी १० अर्ब तथा चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको लगानी छ ।
कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । यी आयोजनाहरुमा मात्र ४३ अर्ब रुपैयाँ बराबरको लगानी हुने कम्पनीले जनाएको छ । यी आयोजनाहरु सन् २०१७ सम्ममा सम्पन्न भईसक्ने कम्पनीले अपेक्षा छ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?