सर्वसाधारणको धेरै स्वामित्व रहेको बैंक अफ काठमाडौको किन भयो यो हाल ?

May 12, 2016 Merolagani

कुनै बेलाको ब्ल्युचिप्स कम्पनी बैंक अफ काठमाडौ(BOK)को प्रगति केही बर्ष यता सुस्त रहेकोमा यस बर्षको तेस्रो त्रैमासमा पनि मााथि उठ्न सकेन । बैंकको खुद नाफा स्थिर रहनुका साथै निस्क्रिय कर्जा अनुपात बढ्दा बेंक अफ काठमाडौले अब चाँही राम्रै गर्ला कि भनेर आश गर्ने लगानीकर्ताहरु निराश भएका छन् ।

बीओकेले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक बर्षको खुद नाफा बराबर हो । बीओकेलाई गत बर्षको तेस्रो त्रैमास बराबरको खुद नाफा देखाउँन पनि मुस्किल परेको उस्का बिबरणहरु हेर्दा स्पष्ट देखिन्छ ।  बैंकको ब्याज आम्दानी ३ करोडले बढे पनि संचालन नाफा स्थिर रहेको छ । निस्क्रिय कर्जाको अनुपात १.०८ बाट ३.७६ प्रतिशतमा उक्लिदा बैंकले कर्जा नोक्सानी कोषमा रकम बढाउनु परेको छ भने खर्च रकममा पनि सामान्य बृद्धि भएको छ ।

बीओकेको निक्षेप र कर्जा परिचालन सामान्य रुपमा मात्र बढेका छन् भने शुल्क, कमिशन र छुट शीर्षक अन्तर्गतको आम्दानी घटेको छ ।

चुक्ता पूँजी २ अर्ब १२ करोडबाट २ अर्ब ६७ करोड पुर्याउँदा खुद नाफा बढ्न नसकी प्रति शेयर आम्दानी २४ रुपैयाँमा खुम्चिएको छ । बैंकको जगेडा कोष पनि एक अर्ब ९० करोड बाट १ अर्ब ६७ करोडमा खुम्चिएको छ ।

बेंकको पूँजी कोष १३.४० छ भने मूल्य आम्दानी अनुपात २४.२४ गुणा रहेको छ ।

कुनै बेला नेपालको शेयर बजारमा ब्लुचिप्स मानिने बीओकेको शेयर किन्न त्यतिखेर लगानीकर्ताहरुमा होडबाजी नै चल्ने गर्दथ्यो । कमाई राम्रो र बजारमा भन्ने बित्तिकै शेयर बिक्री हुने भएकाले बीओके लगानीकर्ताहरुको प्रिय कम्पनी नै थियो । तर केही बर्ष यता प्रगति सेलाउँदा लगानीकर्ताहरु निराश त भएका छन् नै, त्यस बैंकको ब्यवस्थापनको दक्षताप्रति नै शंका उत्पन्न हुँदै गएको छ । सर्वसाधारणको ५८ प्रतिशत स्वामित्व रहेको बैंक यसरी मन्द तालमा जानुको कारण रहस्यमय देखिएको छ । सर्बसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएर गएका संचालकहरुले प्रभावकारी भुमिका खेल्न नसक्दा बैंकको प्रगति सुस्ताएको आरोप लाग्ने अबस्था आएको छ ।

खासगरी मेलम्ची खानेपानी ठेक्का ग्यारेन्टी काण्डमा फसेपछि बैंकको प्रगति सुस्ताएको देखिन्छ । त्यसमाथि झन् नेपाल स्टक एक्सचेन्जको कारोबार गर्ने बैंकको भुमिका समेत खोसिएपछि बीओके बिना हराएको कस्तुरी जस्तै बनेको छ । समकालीन बैंकहरुले पूँजीका साथै ब्यापार समेत दोब्बर पारेर तीब्र प्रगति गरेको बिबरण पस्कदै गर्दा २२ बर्ष पुरानो बीओकेको यो हाल हुनु ज्यादै दुख लाग्दो कुरा हो ।

बित्तीय बिबरणमा प्रमुख कार्यकारीले गरेको कम्पनीको अबस्था बिश्लेषणमा भने ब्याजदर स्प्रेड, संचालन खर्च ब्यवस्थापन, बढ्दो बित्तीय संस्थाहरुसँगको प्रतिस्पर्धा, राजनीतिक तथा आर्थिक अस्थिरता, सरकारी नीतिमा भईरहने फेरबदललाई समस्या देखाएका छन् भने शाखा संजाल बिस्तार, नयाँ प्रबिधिहरुको उपयोगबाट गुणस्तरीय सेवा बृद्धि, बढी आम्दानी हुने क्षेत्रमा कोषको परिचालन गरी सुधार गर्ने जस्ता अमुर्त समाधानको कुरा गरेका छन् ।

लुम्बिनी बैंकसँग गाभिने सम्झौता गरेर त्यसलाई अनुमोदन गर्न साधारणसभा बोलाएको बैंकको आगामी दिनहरु अझै चुनौतिपूर्ण देखिन्छन् । मर्ज पछि पनि यही ताल हुने हो भने बीओके र लुम्बिनी दुबैको नाम गुमनाम हुन बेर छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।