नेपाल टेलिकमको खुद नाफा र प्रति शेयर आम्दानी किन घट्यो ?

May 12, 2016 Merolagani

 

नेपालको शेयर बजारमा सबैभन्दा धेरै पूँजीकरण भएको नेपाल दुरसंचार कम्पनी(NTC)को गत बर्षको तेस्रो त्रैमासको तुलनामा खुद नाफामा उल्लेखनीय कमी आएको छ । 

कम्पनीले यस बर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जबकि उसले गत बर्षको सोही अवधिसम्ममा १० अर्ब ४२ करोड खुद नाफा कमाएको थियो ।

 खुद नाफामा कमी आउँदा प्रति शेयर आम्दानी पनि ९२ रुपैयाँबाट ८२ रुपैयाँमा सिमित भएको छ ।

जम्मा आम्दानी गत बर्षको तेस्रो त्रैमासको भन्दा बढे पनि खर्च बढ्न जाँदा खुद नाफामा असर परेको देखिएको छ । कम्पनीले गत बर्षको चैस मसान्तसम्ममा ३० अर्ब ६२ करोड आम्दानी गरेकोमा यस बर्षको सोही अवधिसम्ममा ३४ अर्ब २४ करोड पुर्याएको छ । तर खर्च भने १६ अर्बबाट २० अर्ब नाघेको छ । कर्मचारीलाई स्वेच्छिक अबकाश रकम दिँदा ४ अर्ब थप भार परेको देखिएको छ । 

१५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ अर्ब रहेको छ । यस कम्पनीको शेयर मूल्यमा थोरै फेरबदलले पनि नेप्सेमा तत्कालै प्रभाव देखाउने गर्छ । पूँजीकरण बढी भएकाले यस्तो भएको हो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।