ग्राण्ड बैंकलाई गाभेपछि के भयो प्रभु बैंकको बित्तीय अबस्था ?

May 13, 2016 Merolagani

ग्राण्ड बैंक(GRAND) खराब कर्जाले थलिएर लज्जाजनक रुपमा प्रभु बैंक(PRVU)मा बिलयको हैसियतमा गाभियो । दुबै बैंकले प्रभु बैंकको नाममा संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् तर शेयर कारोबार कहिले सुरु हुने हो अझै निश्चित भएको छैन । ग्राण्ड प्रभुमा गाभिएपछि प्रभु बैंकको बित्तीय अबस्था के भयो भन्ने चासो पनि सबैमा छ । हेर्नुहोस् तेस्रो त्रैमासिक बित्तीय बिबरण बिस्तृतमाः

 

ग्राण्ड बैंकलाई गाभेपछिको पहिलो त्रैमास अर्थात बर्ष आर्थिक बर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा ३५ करोडले बढेको छ । ग्राडलाई गाभ्नुअघि दोस्रो त्रैमासमा प्रभुको खुद नाफा ४० करोड रहेकोमा ग्राण्ड गाभिएपछि ७५ करोड नाघेको छ । तर गत बर्षको तेस्रो त्रैमासको तुलनामा प्रभुको खुद नाफा ६ करोड हाराहारीमा मात्र बढेको छ । ग्राण्ड गाभिएपछिको अबस्थामा प्रभुको प्रति शेयर आम्दानी १९ रुपैयाँ हाराहारीमा छ । बैंकको ब्याजा आम्दानी र खुद नाफामा ब्यापक बढोत्तरी भएको देखिएको छ । प्रभुले डुबेको कर्जा उठाएर ५९ करोड जगेडा कोषबाट नाफामा देखाएको छ भने १८ करोड कर्जा जोखिम कोषमा राखेको छ । नियमित कारोबारतर्फ शुल्क, कमिशन र छुट, संचालन आय र बिदेशी मुद्राको कारोबारमा पनि बैंकले नाफा बढाएको छ । ग्राण्ड बैंक गाभिएपछि कर्मचारी र संचालन खर्च पनि उल्लेखनीय रुपमा बढेको छ ।

चुक्ता पूँजी ५ अर्ब २३ करोड पुगेको छ भने निक्षेप ४७ अर्बबाट ५४ अर्ब र कर्जा प्रबाह ३१ अर्ब बाट ४४ अर्ब नाघेको छ । ग्राण्ड बैंक धेरै नोक्सानीमा रहेकाले प्रभुको जगेडा कोष ९० करोड धनात्मकबाट १७ करोड घाटामा गएको छ । त्यसैगरी प्रभुको निस्क्रिय कर्जा अुनपात ५ बाट दोब्बर अर्थात १०.०४ प्रतिशतमा उक्लिएको छ । तर गत बर्षको तेस्रो त्रैमासको तुलनामा प्रभुको निस्क्रिय कर्जा अनुपात केही घटेको देखिन्छ ।

पहिले किष्ट बैंकले परिचालन गरेको र ग्राण्ड बैंक मर्ज हुँदा आएको खराब कर्जा असुलीमा प्रभु समूहले दक्षता हासिल गरेकाले १७ करोड जगेडा कोष घाटा पुर्ति गरी चौथो त्रैमासमा अभुतपूर्व प्रगति देखाउनसक्ने क्षमता प्रभुसँग रहेकाले धेरै आशाबादी हुनसकिन्छ । बैंकको अबस्था प्रगतिउन्मुख र शेयर बजार बढ्दो क्रममा भएपछि प्रभुको शेयर कारोबार लामो समयसम्म नखुल्दा लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । प्रभु बैंकमा गण्ड बैंक गाभिए पनि प्रभुले जारी गरेको २० प्रतिशत हकप्रद नपाउँदा पीडित बनेका ग्राण्डका लगानीकर्तालाई शेयर कारोबार चाँडै नुखल्दा झन् पीडा थपेको छ । 

शेयर कारोबार चाडै खोलेर पीडित लगानकिर्ताको मुहारमा खुशी पनि ल्याउने कि ? खराब कर्जा असुलीमा पारंगत प्रभुका ब्यवस्थापकहरुले बेलैमा सोच्नुपर्ने आबाज उठ्न थालेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।