कर्णाली डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद खुल्यो,कँहा कँहा दिन पाईन्छ आवेदन ?

May 15, 2016 Mero Lagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ । बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद पश्चात बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद शेयर खुला भएको जानकारी दिएको हो । बैंकले सय रुपैयाँ अंकित दरका दुई बराबर एक हकप्रद निष्काशन गरेको हो।

हकप्रद शेयरका लागि यहि जेठ २ गतेबाट आगामी असार ५ गतेसम्म आवेदन दिन सकिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर लिमिटेडले जनाएको छ ।

बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली डेभलपमेन्ट बैंकका सबै कार्यालयहरु र सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय विराटनगरबाट आवेदन दिन सकिनेछ ।

 

आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद जारी गरे पश्चात बैंकको पुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

कर्णालीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।