सिन्धु विकास बैंकको नाफा ३७ प्रतिशतले बढ्यो
सिन्धु विकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको खुद मुनाफा ३७.३५ प्रतिशतले बढेको हो ।
१२ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले २ करोड ३२ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा बढेको हो ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६.०२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव २० रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा २ दशमलव ०७ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १५ दशमलव १२ प्रतिशत रहेको छ ।
अल्पाइनको नाफा २ करोड ४१ लाख
अल्पाइन डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा २ करोड ४१ लाख रुपैयाँ खुद नाफाकमाएको छ । बैंकको गतबर्षका यसै अवधिको तुलनामा करिब ६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले यसअवधिमा १ अर्ब २४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २०.४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ८९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ छ भने बैंकको निष्कृय कर्जा ४.०९ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १६ दशमलव ०६ प्रतिशत रहेको छ ।
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................