नेपाल बैंकले लिलाममा राखेको नेपाल इन्स्योरेन्स र तारा गाँउको शेयरमा कति पर्यो आवेदन ?

May 16, 2016 Mero Lagani

नेपाल बैंक (NBL) ले लिलाममा राखेको नेपाल ईन्स्योरेन्स (NICL) र तारा गाउँ रिजेन्सी होटल (TRH) को शेयरमा कतिको आवेदन पर्देछ भन्ने कुरा अहिले लगानीकर्ताको चासोको बिषय बनेको छ । नेपाल इन्स्योरेन्सका १० लाख ३१ हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने समयसिमा एक दिन बाँकी रहदा जम्मा चारवटा मात्र आवेदन परेको छ । संस्थागत लगानीकर्ताले अन्तिम दिनमा मात्र आवेदन गर्ने भएकाले मंगलबार साँझसम्ममा वास्तविक आवेदकको संख्या एकिन हुने बताइएको छ ।

सोमबार सम्म नेपाल इन्स्योरेन्सको २ सय भन्दा बढी फर्म गएपनि जम्मा चारवटा आवेदन मात्र प्राप्त भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । नेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरन्सको शेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन भएकाले धेरै संस्थागत लगानीकर्ताले सोही दिन आवेदन दिनगरी तयारी अवस्थामा रहेको बुझिएको छ ।

यसकारण मंगलबार साझसम्म मात्र आवेदकको बिषयमा वास्तविक विवरण दिन सकिने क्यापिटलका प्रमुख कार्यकारी ध्रुव तिमिल्सीनाले बताए । सोमबारसम्म २०० भन्दा बढी फर्म गएको छ उनले भने ।

त्यस्तै नेपाल बैंकले नै लिलामीमा राखेको तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण शेयरमा पनि सोमबार सम्म कुनै आवेदन प्राप्त भएको छैन । सोमबारसम्ममा ३०० भन्दा बढी फर्म बजारमा गएको भएपनि एउटा पनि फिर्ता नआएको तिमिल्सीनाले बताए । तारा गाँउको शेयरमा आवदेन दिने अन्तिम म्याद जेठ ९ गतेसम्म रहेको छ ।

नेपाल बैंकले नेपाल ईन्स्योरेन्सको १० लाख ३१ हजार ६७४ कित्ता संस्थापक शेयर न्युनतम मूल्य ४०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । यस शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा ५० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ । शेयर बिक्रीका क्रममा मुल्य बढेर आबेदन भएमा यो रकम अरु थपिने संभावना छ ।

त्यसैगरी तारागाउँको शेयर बिक्रीबाट १५ करोड भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ । तारा गाउँ रिजेन्सी होटलको शेयर प्रति कित्ता दुई सय रुपैयाँमा नघटाई लगानीकर्ताले बोलपत्र पेश गर्नसक्नेछन् ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।