खराबकर्जा बढेपछि कालिका माइक्रोको नाफामा गिरावट

May 17, 2016 Mero Lagani

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक (KMCDB) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा करिब ६६ लाख रुपैयाँले घटेको हो । साथै बैंकको यसअवधिमा खराबकर्जा बढेको छ भने सम्भावित जोखिमकोष बढेको छ ।

 

गतबर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नियमित कारोबारबाट हुने नाफा तथा कर्मचारीखर्च बढेपछि घाटा बढेको हो ।साथै बैंकको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा स्थिर रहेपछि नाफा प्रभावित भएको हो । बैंकको यसअवधिमा खराबकर्जा समेत बढेको छ ।

गतबर्षको तेस्रो त्रैमासमा ०.७४ प्रतिशत खराबकर्जा रहेको बैंकको चालु बर्षको सोही अवधिमा १.६१ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकले ६ लाख ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको छ भने सम्भावित जोखिममा ३८ लाख रुपैयाँ राखेको छ । बैंकको निस्कृय कर्जा बढेपछि सम्भावित जोखिमको रकम समेत २६ लाख रुपैयाँले बढेको छ ।

यसअवधिमा बैंकले १८ करोड ८५ लाख सदस्यहरु मार्फत निक्षेप संकलन गरेको छ भने १९ करोड ५९ लाख कर्जासापट लिएको छ । साथै बैंकले ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

५ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडाकोषमा ६ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६७ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २२२.९६ रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षको खुद मुनाफाबाट दश प्रतिशत बोनश प्रस्ताव गरी राष्ट्र बैंक पठाएकोमा कर्जा परिचालनमा दोहोरोपना लगायत संस्थागत सुशासनमा समस्या देखिएपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

......................................................................................................................................

म्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।