बाणिज्य बैंकहरुको कति आउँदैछ हकप्रद शेयर ? (बिबरणसहित)

May 27, 2016 Merolagani

तिलक कोइराला र परमेश्वर अधिकारी

१४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो । त्यसमा निर्णय नगरिसकेका तर हकप्रद शेयर जारी गर्ने संभावना भएका बैंकहरु र प्रिमियमको समेत हिसाव गर्ने हो भने ३० अर्ब रुपैयाँसम्म लगानीकर्ताले हकप्रदका लागि खर्चिनुपर्ने देखिएको छ ।

 

हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् । सबैभन्दा धेरै अनुपातमा लक्ष्मी बैंकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको अनुपात छ । नेपाल एसबीआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेकोमा प्रिमियम रकम कति तोकिएला भन्ने कुराले लगानीकर्ताले हकप्रद वापत कति रकम हाल्नुपर्ला भन्ने यकिन हुनेछ । सानिमा, सिटीजन्स, कृषि बिकास र माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको आधा हकप्रद जारी गर्ने निर्णय गर्दा अरु बैंकको ३० प्रतिशत भन्दा कम अनुपात छ तर सनराईज बैंकले नारायणी नेशनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुुपात बढाउँनसक्ने संभावना छ ।

 

पूँजी बृद्धिको मामिलामा लगानीकर्तालाई स्पष्ट पार्न नसकेका एभरेष्ट र स्टान्डर्ड चार्टर्डले पनि प्रिमियममा हकप्रद ल्याउने निर्णय गरे भने हकप्रदको आकार ह्वात्तै बढेर जानेछ । चुक्ता पूँजी तीन अर्ब पनि कटाउन नसकेका यी बैंकहरुले कम्तिमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेमा बाणिज्य बैंकहरुको हकप्रदको आकार २४ अर्ब भन्दा बढी हुने निश्चित छ । मर्ज, एक्विजिशन वा थप नयाँ शेयर निश्काशन(एफपीओ)को बाटोमा यी दुई बैंक गए भने मात्र हकप्रद आबश्यक नहुनसक्छ । सक्दो बोनस शेयर दिएर यी दुई बैंकले पूँजी बढाउलान् भनेर सोच्न सकिदैन किनभने यी बैंकका प्रबद्र्धकहरुले पूँजी थप्न आनाकानी गर्दै आएका छन् । दुबैले निक्षेप तथा कर्जा बिस्तार गर्न आनाकानी गर्नु र ब्यापारको अबस्था तथा खुद नाफा साघुरिदै जानुले लगानीकर्ताहरुमा चिसो पसिसकेको छ ।

हालै २० प्रतिशत हकप्रद जारी गरेको प्रभु बैंकले बोनस शेयर दिनसक्ने अबस्था भएन र मर्ज तथा एक्विजिशनबाट पनि ८ अर्ब पुर्याउन सकेन भने उसले फेरि रोज्ने हकप्रदकै बाटो हो । उसले कम्तिमा दुई अर्बको हकप्रद फेरि ल्याउनु पर्ला । प्रभुले ग्राण्डलाई गाभेपछि जगेडा कोष फेरि घाटामा गएको छ र निस्क्रिय कर्जा अनुपात १० प्रतिशत भन्दा माथि पुगेको छ । यस आर्थिक बर्षको चौथो त्रैमासमा प्रभुले ५० करोड खुद नाफा गर्यो भने पनि ३० करोड मात्रै जगेडा कोष धनात्मक हुने छ र आगामी आर्थिक बर्षमा बढीमा एक अर्ब खुद नाफा गर्नसक्ला । तत्कालीन किष्ट र ग्राण्डको डुबेको कर्जा कसरी र कति उठाउँछ भन्नेमा नै प्रभुको हकप्रद फेरि आउने किन नआउने भन्ने कुरा यकिन हुनेछ ।

नेपाल बंगलादेश बैंकले के गर्ला ? सो बैंकका एक अधिकारीले आफ्नो बैंक पनि अब हकप्रदको बाटोमा जान लागेको जनाऊ दिएका छन् ।  

अहिले मर्जमा गएका बैंक अफ काठमाडौ र लुम्बिनीलाई पनि मर्ज पछि हकप्रद जारी गर्नु अपरिहार्य देखिएको छ । उनीहरुको मर्जपछि चुक्ता पूँजी ४ अर्ब भन्दा केही बढी भए पनि आफ्नो कमाईबाट बोनस शेयर दिएर ८ अर्ब पुर्याउनु र फेरि मर्जमा जानु संभव नहुने भएकाले हकप्रदकै बाटो सहज मान्न सक्छन् । बीओके र लुम्बिनीले यस बर्ष जम्मा १ अर्ब र अर्को बर्ष डेढ अर्ब कमाए भने त्यसबाट दिनसक्ने बोनस शेयर दुई अर्ब रुपैयाँ बराबरको मात्र हो । बाँकी दुई अर्ब कहाँबाट ल्याउने ?

हालै पश्चिमान्चल बिकास बैंकसँग मर्ज सकेको मेगा बैंकको पनि हकप्रद पर्याप्त नहुनसक्छ भने माछापुच्छ्रेसँगको मर्ज टुटेको जनता बैंकले चाँही के गर्ने ? सैन्चुरी बैंकले पनि अहिले प्रस्ताव गरिएको हकप्रद, केही बिकास बैंकहरुलाई मर्ज, यस बर्ष र आगामी बर्षको कमाईबाट दिने बोनसबाट सकेन भने फेरि पनि दिनुपर्ने हकप्रद नै हो ।

बिजिनेश युनिभर्सल जस्तो राम्रो बिकास बैंकलाई मर्ज गरेको र आफ्नो खुद नाफा पनि उल्लेखनीय रुपमा बढाउँदै लगेको सिद्धार्थ बैंकले २५ प्रतिशत हकप्रद जारी गरेर मात्र पर्याप्त नहुन सक्छ । २०७४ को असारसम्ममा उसलाई पनि थप हकप्रद वा मर्ज एक्विजिशनको बाटोमा जान पर्ने हुनसक्छ । तर सिद्धार्थका संचालकहरु फेरि मर्जमा गएर लामो समयसम्म शेयर कारोबार बन्द गरिरहन नचाहनसक्छन् । थप डेढ अर्ब बराबरको संस्था किन्ने वा हकप्रद जारी गर्नु नै उसका लागि बाध्यात्मक कदम हुनसक्छ ।

एनआईसी एशिया बैंकको सवालमा पनि मर्ज वा एक्विजिशनको विकल्प पुरा नहुन नसकेमा थप हकप्रद बाध्यकारी हुनसक्छ । 

अहिले हकप्रद जारी गर्ने निर्णय गरिसकेका १४ बैंकहरुको जम्मा चुक्ता पूँजी ४८ अर्ब हो भने त्यसको सरदर ४० प्रतिशतको दरमा हरेक बैंकका लगानकिर्ताले पूँजी थप्नुपर्ने बाध्यता आईलागेको छ । 

यसरी हेर्दा कम्तिमा ३० अर्ब रुपैयाँको हकप्रद आउनसक्छ । मुख्य प्रश्न कुन बैंकले कति हकप्रद शेयर जारी गर्ला हैन, ती बैंकको शेयर धारण गरेका लगानीकर्ताले कति रकम हाल्नसक्छन् भन्ने हो । हकप्रद जारी गर्न लागेका माथिका १० बैंकको शेयर ठूलो परिमाणमा कुनै लगानीकर्तासँग छ भने उसले कति हकप्रद भर्नसक्छ ? शेयर भर्न नसकि ठूलो संख्या लिलामीमा चढ्यो भने हकप्रद खाने गरी शेयर किन्नु, पालिराख्नु र हकप्रद भर्नु फाईदा होला कि लिलाममा आएको शेयर उठाउनु लाभप्रद ?

................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता


comments powered by Disqus

Load More

बाणिज्य बैंकहरुको कति आउँदैछ हकप्रद शेयर ? (बिबरणसहित)

May 27, 2016

तिलक कोइराला र परमेश्वर अधिकारी

१४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो । त्यसमा निर्णय नगरिसकेका तर हकप्रद शेयर जारी गर्ने संभावना भएका बैंकहरु र प्रिमियमको समेत हिसाव गर्ने हो भने ३० अर्ब रुपैयाँसम्म लगानीकर्ताले हकप्रदका लागि खर्चिनुपर्ने देखिएको छ ।