पोखरेली बैंक तथा फाईनान्सहरु किन भए यति तगडा ?

May 19, 2016 Mero Lagani

सुरेन्द्र थापा 

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा पोखरा केन्द्र बनाएर संचालनमा रहेका नौ वित्तीय संस्थाले ९८ करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा पोखरा फाइनान्स बाहेक सबै वित्तीय संस्थाहरुको नाफा बढेको छ । यहाँका बैंकहरुले खराबकर्जालाई न्युनीकरण गर्दे संस्थागत सुशासनको नमुना समेत प्रस्तुत गरेका छन् । नौ वित्तिय संस्थामध्ये ६ वटा संस्थाको खराबकर्जा एक प्रतिशत भन्दा तल रहेको छ भने कुनै पनि संस्थाको तीन प्रतिशत भन्दा बढी खराब कर्जा देखिदैन्।

गत आर्थिक बर्षको यसै अवधिमा यी नौ वित्तीय संस्थाले ७५ करोड ३३ लाख ५९ हजार खुद नाफा कमाएका थिए । यो नाफा समिक्षा अवधिमा २३ करोड १९ लाख ८४ हजार रुपैयाँ अर्थात झण्डै ३१ प्रतिशत बढी हो ।

पोखरामा प्रधान कार्यालय रहेका नौ वटा संस्थामध्ये ७ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनी छन् । यसक्षेत्रमा मात्रै बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघु वित्त विकास बैंककागरि २५० भन्दा बढि शाखाहरु संचालनमा रहेका छन् ।

 नाफा बढाउदै

नाफाका हिसाबले मुक्तिनाथ विकास बैंक पहिलो, फेवा विकास बैंक दोस्रो र गरिमा विकास बैंक तेस्रो स्थानमा छन् । यसअवधिमा मुक्तिनाथले २४ करोड ८२ लाख रूपैयाँ, फेवा विकास बैंकले १६ करोड ४८ लाख, गरिमा विकास बैंकले १४ करोड ६६ लाख नाफा कमाएका छन् । चौथौ स्थानमा रहको ओमले १४ करोड १० लाख, यसैगरी क्रमश गण्डकी विकास बैंकले ८ करोड ९१ लाख रूपैयाँ कामना विकास बैंकले ६ करोड ५८ लाख, कास्की फाइनान्सले ५ करोड ११ लाख, मेट्रो विकास बैंकले ४ करोड २६ लाख र पोखरा फाइनान्सले ३ करोड ५७ लाख नाफा कमाएका छन् ।

गतबर्षको यसै अवधिको तुलनामा पोखरा फाइनान्सको मात्र नाफा घटेको हो । फाइनान्सको ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आएपछि नाफा घटेको हो ।

 

 

मर्जरबाट मजबुत बन्दै

मुक्तिनाथ विकास बैंकले सिभक डेभलपेमन्टलाइ एक्वायर गरेको हो भने फेवा फाइनान्स र विश्व विकास बैक मर्जर भएर फेवा विकास बैंक बनेको हो त्यस्तै ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक गाभिएर ओम डेभलपमेन्ट बैंक बनेको हो । मर्जरका कारण पनि यी बैंकहरुको पुँजीवृद्धि हुनका साथै नाफामा समेत उच्च वृद्धि देखिएको हो ।

कास्की फाइनान्स र कामना विकास बैंक पनि मर्जरको प्रक्रिया रहेका छन् । त्यस्तै मेट्रो डेभलपमेन्ट बैंक कैलाश विकास बैंक तथा नेपाल एक्सप्रेस फाइनान्ससँग मर्जरको प्रक्रियामा रहेको छ । 

चुक्ता पूँजीका हिसाबले ओम डेभलपमेन्ट सबैभन्दा अगाडि रहेको छ । ओमको एक अर्ब ५ करोड चुक्ता पूँजी रहेको छ , फेवाको ९९ करोड, गरिमाको ८५करोड तथा मुक्तीनाथको ८३ करोड रुपैयाँ पुँजी रहेको छ । पोखराका विकास बैकमध्ये सबैभन्दा कम चुक्ता पुँजी रहेको मेट्रो डेभलपमेन्ट बैंकको पनि २५ करोड चुक्तापुँजी रहेको छ ।

न्यून खराब कर्जा

पोखराका वित्तीय संस्थाहरुमा मेट्रो डेभलपमेन्ट बैंकको सबैभन्दा कम खराब कर्जा रहेको छ । उसको ०.०२ प्रतिशत मात्र खराब कर्जा छ । सबैभन्दा बढी खराब कर्जा हुने फेवा विकास बैंकको पनि २.९९ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । यहाँका नौ वित्तीय संस्थामा ६ वटा वित्तीय संस्थाको एक प्रतिशत भन्दा कम खराब कर्जा हुनुले पनि यहाँका वित्तीय संस्थाहरुमा संस्थागत सुशासन सबल रहेको देखिन्छ ।

पोखराका बैंक तथा वित्तीय संस्थाहरुको पर्यटन, कृषि लगायतका क्षेत्रमा बढी कर्जा परिचालन गरेको कारण कर्जा असुलि सहज हुँदा खराब कर्जा कम हुने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय सुशासन र असल ऋणीका कारण पनि यहाँका बैकहरु प्रत्येकबर्ष थप सक्षम र सबल बन्दै गएका हुन् । 

 

 

राजधानी आउने तयारीमा

राष्ट्रियस्तरको विकास बैंकमा स्तोरन्नत्ती भएपछि पोखराका केही वित्तीय संस्थाहरु राजधानी आउने क्रममा रहेका छन् । मुक्तीनाथ विकास बैंकले राजधानीमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने कर्पोरेट कार्यालय समेत राजधानी ल्याउने तयारी रहेको छ । त्यस्तै गरिमा विकास बैंकले पनि राजधानीमा यसै साता आफ्नो शाखा कार्यालय संचालनमा ल्याउने तयारी गरेको छ ।

पोखराका बैंकमा उल्लेख्य रेमिटेन्स कारोबार हुने गरेको छ । पोखराका विकास बैंकले कृषि, पर्यटन, आवास, व्यापार, घरजग्गा, व्यवसाय, सवारी,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नै लगानी केन्द्रित गरेका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।