नेपाल बैंकले लिलाममा राखेको नेपाल इन्स्योरेन्सको सबै शेयर बिक्दा न्युनतम् मुल्य कति ?

May 18, 2016 Mero Lagani

नेपाल बैंक (NBL) ले लिलामीमा राखेको नेपाल ईन्स्योरेन्सको सबै शेयर बिक्री भएको छ । नेपाल बैंकको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयर बिक्रीको जिम्मा लिएको सिद्धार्थ क्यापिटलका अनुसार लिलामीमा राखेको सबै शेयर बिक्री भएको हो । बिक्री भएको शेयरको बाँडफाँड भने केहि दिनमा गरिने क्यापिटलले जनाएको छ । शेयर बिक्रीबाट नेपाल बैंकले झण्डै ५० करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल ईन्स्योरेन्सको १० लाख ३१ हजार ६७४ कित्ता संस्थापक शेयर लिलामीमा राखेको थियो । जसमा ५७ बोलपत्र मार्फत ६३ आवेदन परेको थियो ।

न्युनतम् मूल्य ४०० रुपैयाँमा तोकिएको शेयरमा न्युनतम् ४५७ रुपैयाँ देखि अधिक्तम ६३३ रुपैयाँसम्म बोलकबोल गर्नेले आवेदकले नेपाल इन्स्योरेन्सको शेयर पाएका छन् । बिक्री भएको शेयरको बाँडफाँड भने केहि दिनभित्रै गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

शेयरबजार बुधबार नेपाल इन्स्योरेन्सको प्रतिकित्ता शेयर ८६० रुपैयाँ पुगेको छ । साधारण शेयरको तुलनामा संस्थापक शेयरको मुल्य निकै कम हुने गरेपनि नेपाल बैंकले भने राम्रो मुल्यमा नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको छ । औषदमा यो शेयरको मुल्य ४७७ रुपैयाँका दरले हिसाब गर्दा पनि नेपाल बैंकले झण्डै ५० करोड आम्दानी गरेको छ ।

सिद्धार्थ क्यापिटलका अनुसार नेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरेन्सको शेयरमा व्यक्तीगत तथा कर्पोरेट लगानीकर्ताको धेरै आवेदन परेको थियो । जसमा विशेषगरी इन्भेष्टमेन्ट कम्पनीहरु, सेन्चुरी बैंक, म्युचलफण्ड, मुक्तीनाथ विकास बैंक, सूर्य लाइफ तथा नेपाल लाइफ लगायतका कम्पनीहरुले धेरै शेयर माग गरेका छन् ।

आफ्नो पूँजी कोष सुधारका लागि नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको १० लाख ३१ हजार कित्ता संस्थापक शेयर लिलामीमा लगेको थियो । यो शेयर बिक्रीपछि बैंकलाई झण्डै ५० करोड रुपैयाँ बराबर आम्दानी हुनेछ जून बैंकको चौथौ त्रैमासीकमा गणना हुनेछ ।

त्यस्तै नेपाल बैंकले नै लिलामीमा राखेको तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण शेयर पनि लिलामीमा राखेको छ । तारा गाँउको शेयरमा आवदेन दिने अन्तिम म्याद जेठ ९ गतेसम्म रहेको छ । यसको बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल नै रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।