खानी खोलाको साधारणशेयर आउँदै, कसरी आवेदन गर्ने ?

May 22, 2016 Mero Lagani

खानी खोला हाइड्रोपावर कम्पनी (KKHCL) ले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको शेयरमा न्युनतम दश देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।



कम्पनीले ९ करोड ३१ लाख ४२ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले

निष्कासन गर्न लागेको कुल नौं लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीयो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले सिभिल क्यापिटल मार्केट कमलादी काठमाडौ तथा खानी खोला हाइड्रो पावर कम्पनी धुमबराही, सिभल बैंकका शाखा कार्यलय पोखरा, बुटवल,विर्तामोड, नेपालगन्ज, हेटौडा, इटहरी , धनगढी र वागमति डेभलपमेन्ट सर्लाहीबाट आवेदन दिन सकिनेछ ।

 

 

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।