५० प्रतिशत हकप्रदशेयर निष्काशनको अन्तिम तयारीमा रहेको सानिमा बैंकले वागमति डेभलपमेन्ट बैंक किन्ने भएको हो। हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।
सानिमाले ५ करोड रुपैयाँ चुक्तापूँजी भएको बागमति खरिद गर्दा उसको पूँजी वृद्धिमा खासै योगदान गर्ने देखिदैन । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीति अनुरुप सानिमाले वागमतिलाई किन्ने निर्णय गरेको हुनसक्छ । सानिमाले वागमतिलाई खरिद गर्ने निर्णय गरेपनि स्वाप रेसीयो भने तय भएको छैन् ।
वागमति डेभलपमेन्ट बैंक आफै पूँजी बढाएर विकास बैंकमा रहन नसक्ने भएपछि जानकी फाइनान्स, सहयोगि विकास बैंक र सहारा विकास बैंकसँग मिलेर क्षेत्रीयस्तरको विकास बैंक बन्ने योजना असफल भएपछि सानिमाको शरणमा आएको हो ।
वागमतिले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर दिएको थियो । हाल बैंकको चुक्ता पुँजी ५ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा जगेडाकोषमा एक करोड एक लाख रुपैयाँ रहेको छ ।
बैंकले ५६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................