ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने

May 22, 2016 Mero Lagani

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) ले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । साधारणशेयर निष्कासनका लागि नियमन निकायबाट अनुमति पाइसकेको बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

 

बैंकले एक सय रुपैयाँ अंकित दरका ४ करोड ४० लाख रुपैया बराबरको आइपिओ जारी गर्ने भएको हो। बागलुङमा मुख्य कार्यालय रहि ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ ।

बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहेको छ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।