प्रुडेन्सियल इन्स्योरेन्सलाई नेप्सेले किन माग्यो प्रष्टीकरण ?

May 23, 2016 Mero Lagani

शेयर बजारको मुल्यमा प्रत्यक्ष असर पार्ने सुचना लुकाएको भन्दै नेपाल स्टक एक्सचेन्च नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) लाई स्पष्ट्रीकरण मागेको छ । नेप्सेले साधारणसभाको एजेण्डाका बारेमा सूचना लुकाएको भन्दै इन्स्योरेन्सलाई तीन दिनभित्र स्पष्टी«करण सोधेको छ । १० प्रतिशत बोनश शेयर वितरण लगायतको प्रस्ताव राखेर प्रुडेन्सियल इन्स्योरेन्सले आगामी असार २ गतेका लागि साधारणसभा बोलाएको छ ।

नेप्सेका अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले असार २ गते हुने साधारणसभा प्रयोजनका लागि शेयर धनी दर्ता पुस्तीका बन्द गर्ने बारे पठाएको पत्रमा बोनश शेयर लगायत साधारणसभाको एजेण्डा उल्लेख नगरि बजारमा चलखेल गर्न खोजेको बताएको छ । नेप्सेले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१ भावना विपरित शेयरमुल्यमा प्रत्यक्ष असर पार्ने सुचना नेप्सेलाई जानकारी नगराएको भन्दै स्पष्ट्रीकरण मागेको हो ।

 

 

 

सोमबार नेप्सेमा यो कम्पनीको शेयरमुल्य ९.०९ प्रतिशतले बढर प्रतिकित्ता शेयर १२ सय रुपैयाँ पुगेको छ । यसदिन यो कम्पनीको ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

 

कम्पनीले साधारणसभा प्रयोजनाका लागि यहि जेठ १८ गतेदेखि असार २ गतेसम्म शेयरधनी दर्ता पुस्तीका बन्द रहने जानकारी जेठ ९ गते नेप्सेमा गराएको थियो । कम्पनीको चैत १२ गतेको निर्णयले प्रस्ताव गरेको बोनश शेयरभने बीमा समितिबाट पारित भईसकेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छन् ।

 

 

............................................................................................................................................................डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।