कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले जनाएको छ ।
सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव २०७१/७२ को समयमा लेखा परीक्षण र साधारणसभा हुन नसकेको कर्मचारी आन्दोलित भइराखेका अवस्थामा नेपाल बैंकको सम्पूर्ण बहुमत सेयर बिक्री गरेर कम्पनीलाई निजीकरणको प्रक्रियाका लागि आफू अनुकूल खरिदको वातावरण बनाएको लगायतका आरोप लगाए ।
नेपाल बैंक लिमिटेडको प्रमुख लगानी र सक्रियतामा स्थापित कम्पनीमा बैंकको बहुमत सेयर छ ।
कम्पनीका मानव संशाधन प्रमुख टेकराज पौडेलले जनताको नैसर्गिक अधिकार कुन्ठित नहुने गरी आन्दोलन गर्नु प्रजातान्त्रिक अधिकार भएको बताउँदै त्यसतर्फ कर्मचारीको ध्यान जानुपर्ने बताए ।
उनले नियमअनुसार कर्मचारीले उठाएका मागलाई व्यवस्थापनले उच्च सम्मानका साथ सम्बोधन गर्ने स्पष्ट गर्दै वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने बताए । रासस
.................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................