सुदुरपश्चिमको अत्तरियामा गुराँस लाइफले शाखा खोल्यो

May 24, 2016 Mero Lagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी. उद्घाटन गरे । सो अवसरमा प्रा.डा. के.सी. ले बीमा कम्पनीहरुले बीमा सेवालाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिए । उनले हरेक जोखिम बीमा मार्फत बीमा कम्पनीलाई दिइनुपर्ने बताए ।


देशको कुल जनसंख्याको करिब ६/७ प्रतिशत मात्रै अहिले जीवन बीमा गरेको उल्लेख गर्दै अध्यक्ष के.सी. ले दावी भूक्तानी रकम बिना झंझट उपलब्ध गर्नुपर्ने र ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने बताए ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, डोटि, डडेल्धुरामा गुराँस लाइफको शाखा रहेको जानकारी दिँदै सुदुरपश्चिमको सबै जिल्लामा कम्पनीको सेवा कुनै न कुनै रुपमा संचालन रहेको बताए ।

जीवन बीमामा तल्लो वर्गको पनि पहँुच आवश्यक रहेकोले गुराँस लाइफ इन्स्योरेन्सले दश हजार रुपैयाँ देखि १५ लाख रुपैयाँ सम्म को बीमा योजना तथा सबै वर्गलाई लक्षित गरि नयाँ योजना हाल कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।