एलआईसी नेपालको २५ प्रतिशत बोनश पारित, चुक्ता पुँजी एक अर्ब ७ करोड नाघ्ने

May 24, 2016 Mero Lagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको (LICN) साधारणसभाले २५ प्रतिशत बोनशको प्रस्ताव पारित गरेको छ । मंगलबार राजधानीमा सम्पन कम्पनीको चौधौ वार्षिक साधारण सभाले आ.ब. २०७१/०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको छ । साथै साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कुमार केशर विष्टलाइ संचालक समितिमा सर्वसम्मतिका साथ निर्वाचित गरेको छ ।

 

कम्पनीले गतआर्थिक बर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ । बोनश वितरणपश्चात जीवन बीमा कम्पनीहरुको क्षेत्रमा चुक्ता पूँजीको हिसावले दोस्रो कम्पनी बन्ने भएको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष एस. के. रॉयले एलआईसी नेपालको माध्यमबाट देशकोे आर्थिक बृद्धि एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै यस बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाए ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २४ करोड ९० लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको छ । यसअवधिमा ५ अर्ब ३२ करोड ८१ लख ९९ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५६ करोड ७९ लाख ६६ हजार रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ ।

चुक्ता पूँजी ८५ करोड ५५ लाख ६२ हजार ५ सय रुपैंया रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७५ लाख ३६ हजार रुपैंया सञ्चित छ । २० अर्ब २४ करोड ८३ लाख ५० हजार रुपैंयाको जीवन बीमा कोष रहेको कम्पनीको महाविपत्ती जगेडा ५ करोड ६० लाख ८७ हजार रुपैंयाको छ ।

................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।