आयो ग्रीन डेभलपमेण्ट बैंकको आइपिओ, कहिलेदेखि अनि कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

May 28, 2016 Mero Lagani

जेठ १६ गते आइतबारदेखि खानी खोला हाइड्रोको साधारण शेयर निष्काशन हुनै लाग्दा ग्रीन डेभलपमेण्ट बैंकले पनि साधारण शेयर निष्काशनको मिति निर्धारण गरेको छ । बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने निर्णय सहितको आह्वानपत्र प्रकाशित गरेको छ ।

साधारण शेयर निष्काशनको क्रम बाक्लिंदै गर्दा ग्रीन डेभलपमेण्ट बैंकले पनि शेयर निष्काशन गर्ने भएको हो । ३ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले ४ करोड ५० लाख रुपैंया बराबरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । खानी खोलाको साधारण शेयर नखुल्दै ग्रीन डेभलपमेण्ट बैंकको आइपिओ आएका कारण लगानीकर्तालाई आइपिओमा लगानीका लागि योजना बनाउन सहज भएको छ ।

 

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । साधारणशेयर निष्कासनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर २२ गतेदेखि निष्काशन गर्ने भएको हो । बागलुङमा मुख्य कार्यालय रहि ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ ।

बैंकले साधारण शेयर निष्काशनका दौरान प्रकाशित गरेको आह्वानपत्रको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले मुलुकभरका विभिन्न स्थानबाट आवेदन दिन सक्नेछन् । बैंकका कर्मचारीका लागि ९ हजार तथा संस्थागत लगानीकर्ताहरुका लागि २२ हजार ५ सय कित्ता शेयर यस अघि नै सुरक्षित गरिएको बैंकको साधारण शेयर निष्काशन छिटोमा जेठ २६ गते र ढिलोमा असार ५ गते बन्द हुने एनआइबिएल क्यापिटलले जनाएको छ ।

 

बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

बाग्लुङ, म्याग्दी र कास्की जिल्लामा वित्तीय सेवा दिंदै आएको बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा यस पटक त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले ९ महिनाको अवधिमा २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंकको अवस्था कस्तो छ ? बिस्तृतमा विबरण पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस पटक साधारण शेयर निष्काशन गरि आगामी आर्थिक वर्षमा हकप्रद निष्काशन गरि राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने लक्ष्य बैंकले लिएको छ । यस क्रममा बैंकले एक वर्ष लगानीकर्तालाई अहिलेको जगेडा सुधार गर्न सकेको खण्डमा बोनस शेयर पनि बितरण गर्न सक्छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकरात्मक छ ।

खानी खोलाको साधारणशेयर आउँदै, कसरी आवेदन गर्ने ?

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।