गौमुखीलाई गाभेर शाइन रेसुङ्गा बन्यो क्षेत्रीयस्तरको सबैभन्दा ठुलो विकास बैंक, राष्ट्रियस्तरको विकास बैंक बन्ने लक्ष्य

May 31, 2016 Mero Lagani

रुपन्देहीको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE)  र प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंक (GZBL) को मर्ज प्रक्रिया पुरा भएको छ । यी दुई विकास बैक गाभिएर बनेको दश जिल्ले बैंक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट संचालनमा आउनेछ । बैंकले यहि जेठ २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ ।



एक जिल्ले र दश जिल्ले विकास बैंक गाभिएर बनेको शाइन रेसुङ्गाको चुक्ता पूँजी झण्डै ८८ करोड रुपैयाँ पुगेको छ । मर्जर पश्चात बैंकको निक्षेप ८ अर्ब बढी र कर्जा लगानी ७ अर्ब बढी पुगेको छ । केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २६ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् ।

मर्जर पश्चात शाइन रेसुङ्गा पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायत सबै आधारमा क्षेत्रीय स्तरको (दश जिल्ले ) सबैभन्दा ठुलो बैंक बनेको शाइना रेसुङ्गाका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले मेरो लगानीलाई बताए । राष्ट्र बैंकको निर्देशन अनुसार दश जिल्ले बैंकले ७४ असार सम्म १ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ, अहिले हाम्रो पूँजी ८८ करोड भन्दा बढी छ , हामी सो अवधिसम्म बोनश बाटै तोकिएको पूँजी पूर्याउन सक्षम छौ, “ पौडेलले भने ।

“हाम्रो लक्ष्य भनेको राष्ट्रिय स्तरको विकास बैंक बन्ने नै हो । त्यसका लागि आगामी दिनमा नयाँ योजनाका साथ हामी अगाडि बढ्छौ, अहिले हामीले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौ,” पौडेलले भने ।

मर्जर अघि प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने शाइन रेसुङ्गाको ६३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो ।
शाइन रेसुङ्गाले गत आर्थिक बर्षको मुनाफाबाट २७ प्रतिशत बोनश सेयर वितरण गरेको थियो भने गौमुखीले २१ प्रतिशत बोनश शेयर वितरण गरेको थियो ।

दुई वटै विकास बैंकले गत असोजमा मर्जर सम्बन्धी सम्झैता गरि राष्ट्र बैंकमा सैद्दान्तिक सहमतिका लागि संयुक्त आवेदन दिएका थिए ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।