ग्रीन डेभलपमेण्ट बैंकको साधारण शेयरमा २ दिनमा पर्यो ३० गुणा आवेदन

Jun 07, 2016 Mero Lagani

ग्रीन डेभलपमेण्ट बैंकले आइतबारदेखि निष्काशन गरेको साधारण शेयरमा २ दिनमा झण्डै ३० गुणा बढीको आवेदन परेको छ । ४ करोड ५० लाख रुपैंयाको शेयर निष्काशन भएकोमा दोस्रो दिनसम्ममा १ अर्ब २८ करोड रुपैंयाको आवेदन परेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटका अनुसार सोमबार बेलुकासम्ममा साधारण शेयरका लागि ३० गुणा बढीको आवेदन परेको  छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १० करोड रुपैंया चुक्ता पूँजी पुर्याउन ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । बैंकले १ सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । 

कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले मुलुकभरका विभिन्न स्थानबाट आवेदन दिन सक्नेछन् ।

मथि उल्लेखित आवेदन केन्द्रहरुमध्ये आवेदकले हेटौंडामा चेक अनिवार्य गरेको र बीरगञ्जबाट नगद तथा चेकबाट आवेदन लिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । क्यापिटलले प्रकाशित गरेको सुचनामा हेटौंडामा दुवै व्यवस्था गरिएको भनिए पनि चेकबाट मात्र आवेदन बुझ्ने क्यापिटलले जनाएको छ ।

बैंकका कर्मचारीका लागि ९ हजार तथा संस्थागत लगानीकर्ताहरुका लागि २२ हजार ५ सय कित्ता शेयर यस अघि नै सुरक्षित गरिएको बैंकको साधारण शेयर निष्काशन छिटोमा जेठ २६ गते र ढिलोमा असार ५ गते बन्द हुने एनआइबिएल क्यापिटलले जनाएको छ ।

कस्तो छ बैंकको वित्तीय अवस्था ?

बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकारात्मक छ ।

कति रकम आवेदन गर्ने ?

इक्रा नेपालले ग्रीन डेभलपमेण्ट बैंकको साधारण शेयरलाई रेटिंग ४ दिएको छ । यसले बैंकको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ । बैंकको वित्तीय अवस्था त्यति सन्तोषजनक नभएको र सर्वसाधारणमा बिक्रीमा ल्याइएको शेयर संख्या कम भएकाले लगानीकर्ताले धेरै रकम फसाउनु फाइदाजनक देखिदैन । निष्काशन गरेको शेयर संख्या कम हुनुका साथै आवेदक धेरै हुने भएकाले शेयर बाँडफाँडमा गोलाप्रथा हुने पक्का छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।