ग्रीन डेभलपमेन्ट बैंकको आइपिओ भर्ने आज अन्तिम दिन, नेशनल माइक्रोफाइनान्सले पनि पायो आइपिओ निष्काशन अनुमति

Jun 08, 2016 Mero Lagani

ग्रीन डेभलपमेन्ट बैंकले निष्काशन गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । अधिल्लो दिन अर्थात मंगलबार साझँसम्म बैंकको शेयरमा ५६ गुणा बढीको आवेदन परेको छ । उता नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाले ३ लाख कित्ता साधारण शेयर निष्कासनका लागि सोमबार धितोपत्र बोर्ड बाट स्वीकृति पाएको छ ।

ग्रीन डेभलपमेण्ट बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार मात्रै १ अर्ब ७ करोड रुपैंयाको आवेदन परेको छ । मंगलबार मात्रै बैंकको शेयरमा २६ गुणा बढीको आवेदन परेको क्यापिटलले जनाएको छ । कर्मचारी तथा संस्थागत लगानीकर्तालाई बाँडिएको शेयरको समेत हिसाव गर्दा मंगलबार २३ गुणा बढी आवेदन परेको हो ।

 

त्यस अघिका २ दिनमा बैंकको शेयरका लागि १ अर्ब २८ करोड रुपैंया अर्थात २८ गुणा बढी आवेदन परेको थियो । कर्मचारी तथा संस्थागत लगानीकर्तालाई बितरण गरेको बाहेक ती २ दिनमा परेको आवेदन ३० गुणा भन्दा बढी हो । कर्मचारीलाई बाँडिएको शेयर सहित ३ दिनमा बैंकको शेयरमा ५१ गुणा बढी आवेदन परेको हो भने कर्मचारी र संस्थागत लगानीकर्तालाई बाँडेको बाहेकका आधारमा ५६ गुणा बढी आवेदन परेको हो । बैंकको शेयर निष्काशन बुधबार बैंकिंग समय पश्चात बन्द हुनेछ । शेयरका लागि न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले मुलुकभरका विभिन्न स्थानबाट आवेदन दिन सक्नेछन् ।

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १० करोड रुपैंया चुक्ता पूँजी पुर्याउन ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । बैंकले १ सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ ।

बैंकका कर्मचारीका लागि ९ हजार तथा संस्थागत लगानीकर्ताहरुका लागि २२ हजार ५ सय कित्ता शेयर यस अघि नै सुरक्षित गरिएको बैंकको साधारण शेयर निष्काशन छिटोमा जेठ २६ गते र ढिलोमा असार ५ गते बन्द हुने एनआइबिएल क्यापिटलले जनाएको छ । अन्तिम दिन ठुला लगानीकर्ताले धेरै रकमको आवेदन दिने भएकाले आइपिओको आवेदन झण्डै सय गुणाको हाराहारीमा पुग्ने आंकलन गरिएको छ ।

कस्तो छ बैंकको वित्तीय अवस्था ?

बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकारात्मक छ ।

कति रकम आवेदन गर्ने ?

इक्रा नेपालले ग्रीन डेभलपमेण्ट बैंकको साधारण शेयरलाई रेटिंग ४ दिएको छ । यसले बैंकको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ । बैंकको वित्तीय अवस्था त्यति सन्तोषजनक नभएको र सर्वसाधारणमा बिक्रीमा ल्याइएको शेयर संख्या कम भएकाले लगानीकर्ताले धेरै रकम फसाउनु फाइदाजनक देखिदैन । निष्काशन गरेको शेयर संख्या कम हुनुका साथै आवेदक धेरै हुने भएकाले शेयर बाँडफाँडमा गोलाप्रथा हुने सम्भावना छ ।

नेशनल माइक्रो फाइनान्सको आइपिओ स्वीकृत

नेशनल माइक्रो फाइनान्सलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । वित्तीय संस्थाले यहि जेठ २४ गते धितोपत्रबोर्डबाट आइपिओ निष्काशनको लागि स्वीकृति पाएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण निष्काशन गर्ने छ । जसका लागि कम्पनीले एनआईबिएल क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले स्वीकृति पाए पछि साधारण शेयर निष्काशनका लागि आह्वानपत्र जारी गर्ने तयारी सुरु गर्न लागेको क्यापिटलले जनाएको छ ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।