बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार प्रारम्भिक तथ्यांकका आधारमा ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको छ । शेयर निष्काशन भएकोमा दोस्रो दिनसम्ममा १ अर्ब २८ करोड रुपैंयाको आवेदन परेकोमा तेस्रो दिन मंगलबार मात्र १ अर्ब ७ करोड रुपैंयाको आवेदन परेको थियो । क्यापिटलका अनुसार तेस्रो दिनसम्ममा कुल २ अर्ब ३५ करोडको आवेदन परेकोमा अन्तिम दिन मात्र १ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको हो ।
बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि ४ करोड ५० लाख रुपैंयाको शेयर निष्काशन गरेकोमा ४ अर्ब १७ करोडको आवेदन परेको हो । यो माग गरिएको शेयर भन्दा ९२ गुणा भन्दा बढी हो । संस्थागत लगानीकर्ता तथा कर्मचारीका लागि बैंकले यस अघि नै २२ हजार ५ सय र ९ हजार कित्ता शेयर सुरक्षित गरिसकेको छ । संस्थागत लगानीकर्ता र कर्मचारीलाई छुट्याएको ३१ हजार ५ सय कित्ता शेयरको गणना नगर्दा सर्वसाधारणका लागि ४ लाख १८ हजार ५ सय कित्ता शेयर निष्काशन भएको छ । यस आधारमा हेर्दा बैंकको शेयरमा ९९ प्रतिशत भन्दा बढी आवेदन परेको हो ।
बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म प्रतिकित्ता १ सय रुपैंयाका दरले बैंकले साधारण शेयर निष्काशन गरेको थियो । छिटोमा जेठ २६ गते र ढिलोमा असार ५ गते बन्द गरि निष्काशन गरिएको शेयर माग गरेभन्दा धेरै आवेदन परेका कारण बुधबार २६ गते नै निष्काशन बन्द गरिएको क्यापिटलले जनाएको छ ।
बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकारात्मक छ ।
इक्रा नेपालले ग्रीन डेभलपमेण्ट बैंकको साधारण शेयरलाई रेटिंग ४ दिएको थियो । बैंकले निष्काशन गरेको शेयर संख्या कम हुनुका साथै आवेदक धेरै हुने भएकाले शेयर बाँडफाँडमा गोलाप्रथा हुने पक्का छ ।
...............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता