शतप्रतिशत हकप्रदको प्रस्ताव राखेर डिप्रोक्स लघुवित्तले बोलायो विशेष साधारणसभा

Jun 12, 2016 Mero Lagani

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंक (DDBL) ले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर दिने भएको छ। हकप्रदको सम्बन्धी प्रस्ताव पारित गर्नका लागि बैंकले आषढ १५ गते विशेष साधारणसभा बोलाएको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत बोनश दिएको बैंकले शतप्रतिशत हकप्रदको प्रस्ताव गरेको हो । बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया पुगेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ ।

साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म शेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ ।

 

नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लगायतका बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण तथा गरिवी निवारणको मुख्य उद्देश्यका साथ बैंकले ३६ जिल्लाका ६८ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

 

 ................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।