शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सुरु गर्यो एकिकृत कारोबार

Jun 12, 2016 Mero Lagani

गौमुखी विकास बैंकसंग गाभिएर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले एकिकृत कारोबार सुरु गरेको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइनले प्युठानको गौमुखीलाई गाभेर शनिबारबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।

प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक शाइनसंग गाभिएको हो । शनिबार एक कार्यक्रमका बिच गाभिएर बनेको नयाँ संस्थाको एकिकृत कारोबार सुरु भएको हो । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका हुन् ।

 

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको मर्जर पश्चात शाखा संख्या २६ पुगेको छ । मर्जर सकाए पछि बनेको नयाँ बैंकको चुक्ता पुँजी ८६ करोड ८४ लाख, निक्षेप ८ अर्व ४ करोड, कर्जा लगानी ७ अर्व २४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकका अनुसार १ लाख २६ हजार सेवाग्राही तथा २ सय १७ जना कर्मचारी रहेको बैंकले बोनस शेयरबाट नै चुक्ता पूँजी १ अर्ब २० करोड रुपैंया पुर्याउने जनाएको छ ।

मर्जर अघि प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने शाइन रेसुङ्गाको ६३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो ।
शाइन रेसुङ्गाले गत आर्थिक बर्षको मुनाफाबाट २७ प्रतिशत बोनश सेयर वितरण गरेको थियो भने गौमुखीले २१ प्रतिशत बोनश शेयर वितरण गरेको थियो ।

दुई वटै विकास बैंकले गत असोजमा मर्जर सम्बन्धी सम्झैता गरि राष्ट्र बैंकमा सैद्दान्तिक सहमतिका लागि संयुक्त आवेदन दिएका थिए ।

 

बैंकले स्वर्गद्धारी मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार प्रदान गरेको थियो ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।