नागरिक लगानी कोष र नेपाल बैंकका बिचमा भयो यस्तो सम्झौता

Jun 15, 2016 Mero Lagani

नागरिक लगानी कोष (CIT) र नेपाल बैंक लिमिटेड (NBL) ले कोषको रकम बैकको केन्द्रिय खातामा एविविएस प्रणाली मार्फत सिधै जम्मा हुने सम्बन्धमा सम्झौता गरेका छन् । बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरको कामलाई सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थावीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले २०७३ साउन देखी कोषको रकम केन्द्रिय खातामा जम्मा हुने बताए ।

सो अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, कर्मचारी वचत वृद्धि अवकास कोष महाशाखा प्रमुख हेमन्त पोखरेल र अधिकृत जनक राज कडेल तथा बैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, नायव महाप्रवन्धक अरविन्द श्रेष्ठ , मुख्य प्रवन्धकद्वय सुरेश सेखर बज्राचार्य तथा श्याम सुन्दर कडेल सहभागी भएका थिए ।

सम्झौता पछि मुलुक भर रहेका नेपाल बैंकका शाखाहरुमा कोषको नाममा रहेका सबै खाता बन्द गरी बांकि रहेको सम्पुर्ण रकम बैंकको काठमाण्डौंस्थित बैंकिङ कार्यालयमा रहेको कोषको सम्बन्धित खाताहरुमा बैंकले रकम जम्मा गर्नेछ ।

यस्को लागि पाँचवटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नंम्बर उल्लेख भएको अलग अलग भौचरको व्यवस्था बैंकले गर्ने जानकारी कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए । त्यस्ता खाताहरुमा नागरिक लगानी कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, नागरिक लगानी कोष, निजामती बिमा कोष, नागरिक लगानी कोष शिक्षक बिमा कोष, नागरिक लगानी कोष सैनिक बिमा कोष तथा नागरिक लगानी कोष नेपाल प्रहरी बिमा कोष रहने छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।