घाटै घाटामा रहेको बरुण हाईड्रोको शेयर मूल्य दैनिक १० प्रतिशत बढाएर किन्ने लगानीकर्तालाई के भन्ने ?

Jun 16, 2016 Mero Lagani

तिलक कोइराला
शेयर बजारमा कुन कम्पनी बलियो, राम्रो र सुरक्षित हैन, कुन कम्पनीको शेयरमा लगानीकर्ताहरु धेरै मुर्ख बन्छन् त्यही कम्पनीमा लगानी गर्दा कमाईन्छ । यो भनाई एकजना लगानीकर्ताको हो, जो केही दिन अघि ४ नम्बर शेयर दलालको कार्यालयमा यसैगरी गन्थन गरिरहेका थिए । शेयर बजारमा भाऊ बढ्नु नपर्ने कम्पनीहरुकै मुल्य अचाक्ली बढ्दै गर्दा उनको आक्रोश मात्रै हो, अनुकरण गर्नुपर्ने कुरा चाँही हैन ।

 

उनको यो भनाई बुधबार १० प्रतिशत हाराहारीमा शेयर मुल्य बढेर ३२९० कित्ता किनबेच भएको बरुण हाईड्रो (BARUN) मा ठ्याक्कै मिल्छ । हकप्रद आउने सूचनामा लगानीकर्ताहरुले त्यो कम्पनीको शेयर १० प्रतिशत बढाएर किनेका हुनसक्छन् तर बरुणले बिहीबार निकालेको तेस्रो त्रैमासिक बित्तीय बिबरण हेर्ने हो भने उनीहरु मुर्ख बनेको स्पष्टै देखिन्छ । १० प्रतिशत शेयर मुल्य बढेर किन्न खोज्नेले शेयर किन्न नपाउने कम्पनीले त अभुतपूर्व प्रगति बिबरण पस्कनुपर्ने होईन र ? बरुणले झण्डै दुई महिना ढिलो गरेर बल्ल बल्ल निकालेको बित्तीय बिबरण हेर्नुस त ? तपाईले १० प्रतिशत मुल्य बढेर किन्नुपर्ने केही कारण छ ?

वित्तीय विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

मेरोलगानी डटकमले यस्ता कम्पनीहरुको शेयर मूल्य हकप्रदको हल्लामा उचालिएर नकिन्न बारम्बार लगानीकर्ताहरुलाई सतर्क गराउँदै आएको हो । घाटामा रहेको कम्पनीले हकप्रद जारी गरेपछि प्रतिशेयर आम्दानी कति पुग्ला ?

बुधबार बरुण हाईड्रोको शेयरमूल्य ४३० रुपैयाँबाट बढ्न सुरु भएको थियो र त्यो ९.८८ प्रतिशतले बढेर ४६७ रुपैयाँ पुगेर रोकियो । सर्किटै लाग्ने गरी बढेको बरुणको शेयर बेच्ने बढीमा ७६ जनाले एकैदिन प्रति कित्ता ४२ रुपैयाँ कमाए । बिहीबार बिभिन्न दलालहरुबाट शेयर बेचिएकाले कसैले खेल गर्यो भन्न सकिने अबस्था छैन तर शेयर दलाल नं ३५ र ५७ बाट बढी किनिएकाले त्यहाँबाट शेयर उठाउनेहरुले हकप्रदकै सूचनामा बाजी मारिएको ठानेका हुनसक्छन् ।

यस्तो छ बित्तीय बिबरण

बरुणले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ८३ लाख ८९ हजार रुपैयाँ घाटा ब्यहोरेको देखाईएको छ । अघिल्लो त्रैमाससम्म त्यो घाटा एक करोड २५ लाख रुपैयाँ थियो । अघिल्लो त्रैमाससम्म ३ करोड १८ लाख रुपैयाँ जगेडा कोष घाटामा रहेको कम्पनीको त्यो घाटा बढेर ३ करोड ६७ लाख नाघेको छ । उसको प्रगति भन्नु नै यही हो । २४ करोड ३० लाख चुक्ता पूँजी रहेको कम्पनीको घाटा हिसाव गर्दा बुधबार शेयर किन्नेको भागमा कति पर्ला ? प्रति शेयर नेटवर्थ ८८ रुपैयाँ देखाएको कम्पनीले प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपात छैन भनेरै लेखेको छ ।

वित्तीय विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

बरुणले संखुवासभाको चैनपुरमा साढे चार मेगावाटको हेवाखोला आयोजना निर्माण गरेको छ । गत बर्षको जेठमा आएको बाढीले आयोजनाको संरचना बगाएपछि आयोजना पुनर्निमाण गरेर भरखरै पावरहाउस संचालनमा ल्याईएको छ ।

जगेडा कोष समेत घाटामा रहेको कम्पनीले आयोजना निर्माण गर्दा बैंकहरुबाट लिएको २८ करोड कर्जा तिर्न बाँकी भएकाले लगानीकर्तालाई कहिले लाभांश खुवाउला ? यो पनि भन्न सकिने अबस्था छैन । कम्पनीले अरु आयोजनामा लगानी गर्न भन्दै हकप्रदको हल्ला गरेर अरु धेरै लगानीकर्तालाई शेयर किनाउन त सक्ला तर लगानीकर्ताले तत्काल १० प्रतिशत मूल्य बढाएर शेयर किन्नु चाँही मुर्खता नै हुनसक्छ ।

 

जलबिद्युत क्षेत्रको लगानी दीर्घकालीन लगानी भएकाले तत्काल प्रतिफल पाउन नसकिने कुरा यथार्थ हो । प्राथमिक निश्काशन र स्थानीयबासीलाई बितरण गरिएको यस्ता कम्पनीको साधारण शेयर नबेची राख्दा भने राम्रै हुनेछ । उसले निश्काशन गर्न खोजेको पुरानो १ कित्ता बराबर नयाँ एक कित्ता हकप्रद भर्दा कति फाईदा होला भन्ने कुरा पनि बिचारणीय छ । कम्पनीको बित्तीय अबस्था नहरेी हकप्रदको हल्लामा मात्रै लाग्नु बेकार हुनेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।