सिद्धार्थ बैंकका लगानीकर्ता मालामाल हुने दिन आए, कम्तिमा एक अर्ब ५० करोड रुपैयाँ बोनसमा बाड्नसक्ने संभावना

Jun 17, 2016 merolagani

सिद्धार्थ बैंक (SBL)र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंक(BUDBL)बीच मर्ज पुरा भएर यही असार ७ गतेदेखि संयुक्त कारोबार सुरु हुने भएको छ । 

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएकाले असार ७ गतेदेखि सिद्धार्थ बैंकको नाममा संयुक्त कारोबार गर्न लागिएको हो ।

यस आर्थिक बर्षको चौथो त्रैमाससम्ममा एक अर्ब खुद नाफा कटाउने गरी चकितै पार्ने खालको प्रगति बिबरण सार्वजनिक हुने आँकलनसहित लगानीकर्ताहरुमा सिद्धार्थको शेयर कारोबार चाँही कहिले खुल्ला भन्ने चासो बढेको छ । असार भित्रै शेयर कारोबार पनि खोल्ने गरी काम भईरहेको बैंक स्रोतले जनाएको छ ।

दुई अर्ब ४३ करोड चुक्ता पूँजी रहेको कम्पनीले एक बर्षमा एक अर्ब खुद नाफा नै कमाएर बोनस शेयर बाड्नसक्ने हैसियत बनाउँछ भने लगानीकर्ता आकर्षित हुनु स्वभाविक कारण छ । यस बर्षको तेस्रो त्रैमाससम्म ७८ करोड भन्दा बढी रकम खुद नाफा कमाएको सिद्धार्थलाई एक अर्ब नघाउन अब २२ करोड मात्र आबश्यक पर्छ तर यस बर्षको त्रैमासिक कमाई दर हेर्ने हो भने एक अर्ब भन्दा बढी नै कमाउँने पर्याप्त आधार छ ।

राष्ट्र बैंकले बदलिदियो स्वाप रेसियो

सिद्धार्थको बिशेष साधारणसभाले सिद्धार्थको १०० कित्ता शेयरको ११५.५९७ कित्ता र बिजिनेश युनिभर्सललाई एकसय कित्ता बराबर सिद्धार्थको ६४ कित्ता शेयर दिने निर्णय पारित गरेको भए पनि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउँदा सिद्धार्थको १०० कित्ता नै कायम हुने र बिजिनेश युनिभर्सलका लगानीकर्ताले १०० कित्ता बराबर सिद्धार्थको ५५ कित्ता शेयर पाउने गरी स्वाप रेसियो कायम भएको छ ।

 

दुबै बैंक मर्ज भएपछि बैंकको चुक्तापूँजी ३ अर्ब ४९ करोड नाघ्ने साधारणसभाको निर्णयमा पनि फेरबदल भई ३ अर्ब ३ करोड हुने भएको छ । बिजिनेश युनिभर्सल तर्फको ४६ करोड सिद्धार्थको जगेडा कोषमा गएको छ भने उसले तेस्रो त्रैमाससम्म १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। चौथो त्रैमाससम्ममा उसले कमाउने रकम पनि सिद्धार्थको एकीकृत खुद नाफामा जोडिने हुँदा कमाई आकर्षक हुने पक्का छ ।

यसरी हुन्छन् लगानीकर्ता मालामाल 

यस बर्षको चौथो त्रैमाससम्मको खुद नाफा र जगेडा कोषमा गएको  रकम समेत जोडेर लगानीकर्ताले मनग्ये बोनस शेयर खानसक्नेछन् । सिद्धार्थले १ अर्ब ५० करोड रुपैयाँ बोनसको रुपमा बाडेर चुक्ता पूँजी बढाउनसक्ने संभावना छ । यो अहिले कायम चुक्ता पूँजी ३ अर्ब ३ करोडको आधारमा भन्दा लगानीकर्ताले ५० प्रतिशत बोनसको आश गर्नु स्वभाविक हुनजान्छ ।

मर्ज प्रक्रियाले अन्तिम रुप पाएसँगै दुबै बैंकका लगानीकर्ता मालामाल हुने अर्को कारण पनि छ । सिद्धार्थ बैंकको साधारणसभाले मर्जपछि २५ प्रतिशत हकप्रद दिएर चुक्ता पूँजी बढाउने निर्णय पनि पारित गरेकाले बिजिनेश युनिभर्सलका लगानीकर्ताले पनि त्यो लाभ पाउने स्पष्ट भएको छ । 

मर्ज पछि सिद्धार्थको शाखा संख्या ६८ र एटीएमको संख्या ७५, कर्मचारी संख्या ६ सय ३९ पुगेको छ । निक्षेप ४४ अर्बबाट ५३ अर्ब नाघेको छ भने कर्जा प्रबाह ४४ अर्ब नाघेको छ ।

सिद्धार्थको अर्को बिशेषता निस्क्रिय कर्जा अनुपातलाई भारी कटौती गर्नसक्नु पनि हो ।

सिद्धार्थको मूल्य आम्दानी अनुपात १३.८४ गुणा मात्र हुनु, र प्रति शेयर नेटवर्थ १८५ माथि रहनुले बैंकको अबस्थालाई मजबुत जनाउँछ । अहिले नै ४३ रुपैयाँ  प्रति शेयर आम्दानीको हिसावले हेर्दा सिद्धार्थ पाँचौ ठूलो बाणिज्य बैक हो ।

सिद्धार्थ क्रमबद्ध रुपमा प्रगति गर्दै गएको र पूँजी आधार राम्रो भएको बैंक हुनाले ८ अर्ब चुक्ता पूँजी पुर्याउँन फेरि मर्जमा नजाने बरु कम्पनीहरु किन्ने र बोनस शेयरमै जोड गर्नसक्ने देखिन्छ । उसंँग दुई वटा सामुहिक लगानी कोष, डिबेन्चरहरु, मर्चेन्ट बैंक, बिमा कम्पनीहरु पनि रहेकाले तिनीहरुमा गरिएको लगानीको प्रतिफल समेत आगामी दिनहरुमा प्राप्त हुँदै जाने आशा गर्न सकिन्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।