सिटिजन्स बैंकको ५५ प्रतिशत हकप्रद खुल्यो,कर्णालीको भर्ने आज अन्तिम दिन

Jun 19, 2016 Mero Lagani

सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड (CZBIL) ले ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ अर्थात ५५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव नवौ साधारणसभाबाट पारित गरेको थियो । त्यस्तै ५० प्रतिशत हकप्रद निष्कासन गरेको कर्णाली डेभलपमेन्ट बैंक (KRBL) को आज हकप्रद भर्ने अन्तिम दिन रहेको छ ।



सिटिजनस बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद शेयर निष्कानका गरेको हो । अहिले बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख रुपैंया रहेको छ । गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको बैंकको कहप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुग्ने छ ।

शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा यहि असार ५ गतेदेखि आगामी श्रावण ९ गतेसम्म आवेदन दिन पाईनेछ । गत जेठ २४ गतेसम्म  कायम बैंकका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल तथा बैंकका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्णाली डेभलपमेन्ट बैंकले निष्कासन गरेको चार लाख कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैकले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ

 बैंकले दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।
बैंकको हकप्रद शेयर भने आज अन्तिम दिन हो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर रहेको छ ।

बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली डेभलपमेन्ट बैंकका सबै कार्यालयहरु र सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय विराटनगरबाट आवेदन दिन सकिनेछ ।
आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद जारी गरे पश्चात बैंकको पुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।