कर्मचारीहरुलाई बर्षेनी ग्रेड दिने, जोखिमपूर्ण काम गर्ने कर्मचारीहरुलाई २० प्रतिशत भत्ता बढाउने र सबैको बिमा गर्ने सहमति भएपछि कर्मचारीहरुले काठमाडौस्थित केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेको नेशनल हाईड्रोका प्रबन्ध निर्देशक प्रकाश रजौरेले मेरोलगानी डटकमलाई बताउनुभयो ।
कर्मचारीले ताला लगाएपछि बिगत ६ बर्षको बक्यौता लेखापरीक्षण गर्ने कार्य स्थगित भएकोमा कार्यालय खुलेसँग लेखापरीक्षण गर्ने कार्य तीब्र भएको बताईएको छ । असार १५ सम्ममा ६ बर्षको बक्यौता लेखापरीक्षण सकेर असार भित्रै ६ वटा साधारणसभा एकसाथ गर्ने गरी सूचना प्रकाशित गर्ने तयारीमा आफुहरु रहेको रजौरेले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा साढे ७ मेगावाटको बिद्युत आयोजना संचालन गरिरहेको कम्पनीका सात हजार शेयरधनी छन् ।