जलविद्युत लगानी तथा विकास कम्पनी र मेरो माइक्रोफाइनान्सले गरे शेयर डिम्याट सम्झौता

Jun 22, 2016 Mero Lagani

सर्वसाधारणका लागि २ करोड कित्ता साधारण शेयर निष्काशन गरेको जलविद्युत लगानी तथा विकास कम्पनीले शेयर अभौतिकीकरणका लागि केन्द्रिय निक्षेप प्रणाली सिडिएससंग सम्झौता गरेको छ । उता मेरो माइक्रोफाइनान्सले पनि २० लाख कित्ता शेयर डिम्याट गर्न सिडिएससंग सम्झौता गरेको छ ।

जलविद्युत कम्पनीले ८ करोड कित्ता संस्थापक र २ करोड त्तिा साधारण गरि कुल १० करोड कित्ता शेयर डिम्याटको सम्झौता गरेको हो ।

कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै १० करोड कित्ता शेयर डिम्याटका लागि त्रिपक्षीय सम्झौता भएको जनाएको हो । उसका अनुसार शेयर डिम्याट गर्नका लागि जलविद्युत लगानी तथा विकास कम्पनी, शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सिडिएसका बिचमा सम्झौता भएको हो ।

 

सम्झौता पश्चात शेयरधनीले आफुसंग भएको शेयर प्रमाणपत्र अभौतिकीकरणका लागि प्रकृया अघि बढाउन सक्ने बताइएको छ । धेरै मात्रामा कम्पनीको शेयर डिम्याट गराउनु पर्ने भएका कारण कहिलेबाट कम्पनीको शेयर कारोबार सुरु हुन्छ भन्ने निक्र्यौल भैनसकेको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

नेप्सेमा शेयर सुचिकरणको प्रकृया अन्तिम अवस्थामा रहेको भए पनि कुल शेयर संख्याको १० प्रतिशत शेयर डिम्याट नभई कारोबार सुरु नहुने व्यवस्था छ । यस आधारमा कम्पनीको १ करोड कित्ता शेयर डिम्याट भैसके पछि मात्र कारोबार सुरु हुनेछ ।

मेरो माइक्रोफाइनान्सले पनि २० लाख कित्ता शेयर डिम्याट गर्न सिडिएससंग सम्झौता गरेको हो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।