लौ हेर्नुहोस् निर्जिवन बिमा कम्पनीहरुको वास्तविक अबस्था

Jun 27, 2016 Merolagani

तिलक कोइराला परमेश्वर अधिकारी

नेपालको शेयर बजारमा अहिले बिमा कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । यस्तो बेला आफुले लगानी गर्ने कम्पनीको बारेमा राम्ररी बुझेर मात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने मात्रै हैन, मनग्ये आम्दानी गर्न पनि सकिन्छ ।  लगानीकर्ताहरुको चासोलाई सम्बोधन गर्दै मेरोलगानी डटकमले १४ वटा निर्जिवन बिमा कम्पनीहरुको त्रेस्रो त्रैमासिक बित्तीय बिबरणमा आधारित वास्तविक अबस्था पस्केको छ ।

चुक्ता पूँजीको आधारमा हेर्दा

निर्जिवन बिमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी २५ करोड रुपैयाँ तोकिएकोमा हाल कतिपय बिमा कम्पनीको चुक्ता पूँजी ५० करोडको हाराहारीमा पुगिसकेको छ भने तीन वटाले न्युनतम पूँजी समेत जुटाउन सकेका छैनन् ।

कतिपय कम्पनीले भने एक बर्षमा १५० प्रतिशतसम्म चुक्ता पूँजी बढाएका छन् ।

 

जगेडा कोष

बिमा कम्पनीहरुको कारोबार जोखिमपूर्ण नै हुने हुँदा उनीहरुको जगेडा कोष पनि बलियो अबस्थामा रहनुपर्ने हुन्छ ।


 चुक्ता पूँजी भन्दा जगेडा कोष दोब्बर भएको कम्पनी राम्रो हो तर केही निर्जिवन बिमा कम्पनीको जगेडा धेरै राम्रो भए पनि केहीको ज्यादै न्युन देखिन्छ ।

 

बिमा कोषको आधारमा हेर्दा

 

बिमा कोष पनि बिमा कम्पनीको एक प्रकारको जगेडा कोष नै हो । गत बर्षको चैत्रकाो तुलनामा बिमा कम्पनीहरुको जगेडा कोष बृद्धि भएको देखिएको छ । 

 

महाविपत्ति जगेडा कोष

६ वटा बिमा कम्पनी बाहेक अरुको यस्तो कोषमा रकम ब्यवस्था गरेको देखिदैन ।

 


कारोबार बृद्धि

निजिवन बिमा कम्पनीहरुको अघिल्लो आर्थिक बर्षको चैत्र मसान्तको तुलनामा यस आर्थिक बर्षको चैत्र मसान्तमा बिमा लेख जारी संख्या र खुद बिमा शुल्क आर्जनको हिसावले हेर्दा धेरै कम्पनीहरुको कारोबार बढेको देखिएको छ ।

  तीन वटाको भने खुद बिमा शुल्क घटेको छ ।

बिमा दावी भुक्तानीको अबस्था

बिमा कम्पनीहरुले बिमा शुल्क आर्जन गरेर नाफा त कमाउँछन् तर बिमा गर्नेहरुले क्षत्तिको दावी गर्दा उत्तिकै धेरै रकम तिर्नुपर्ने हुन्छ । गत बर्षको बैसाखमा गएको भुकम्पले नेपालका बिमा कम्पनीहरुलाई बिमा दावी भुक्तानीको ठूलो भार थपेको छ । कतिपय बिमा कम्पनीहरुको दुई अर्ब भन्दा बढी रकम बराबरको बिमा दावी भुक्तानी गर्नै बाँकी देखिन्छ भने कतिपयले एक रुपैयाँ पनि तिर्नु बाँकी नरहेको त्रैमासिक बित्तीय बिबरण हेर्दा जानकारी पाईन्छ ।

बिमा कम्पनीहरुले पुनर्बिमा गराएका हुन्छन् र पुनर्बिमा कम्पनीहरुले क्षतिको रकम दिन्छन् । पुनर्बिमा नगराउने कम्पनीहरु भने आफैले सबै बिमा दावी भुक्तानी गर्दा घाटामै जाने अबस्था हुन्छ । नेपालका बिमा कम्पनीहरुले पुनर्बिमा गराएकाले धेरै जोखिम भने नरहेको बताईन्छ । 

 

खुद नाफा कति बढ्यो ?

गत बर्षको चैत्र मसान्तको तुलनामा यस आर्थिक बर्षको सोही अवधिसम्ममा धेरै कम्पनीहरुको खुद नाफा पनि बढेको छ । 

 

कसको प्रति शेयर आम्दानी कति ?

धेरै बिमा कम्पनीहरुले प्रति शेयर आम्दानी पनि बढाउँदै लगेका छन् तर चार वटाको भने घटेको छ ।

 जसको प्रति शेयर आम्दानी बढेको छ उसले यस बर्षको खुद नाफाबाट बढाएर बोनस शेयर बाड्नसक्छ भने घटेकाहरुको सवालमा बोनस शेयर बढ्दा भन्न सकिन्न ।

शेयर मूल्य कति महंगो ?

शेयर बजारमा शेयर किनबेच भईरहेका निर्जिवन बिमा कम्पनीहरुको शेयर कति अधिक मूल्यन भएको छ र कुन चाँही कम्पनीको कम मूल्यनको अबस्थामा छ भन्ने कुरा मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो हेरेर थाहा पाउन सकिन्छ । शेयरमुल्यलाई प्रति शेयर आम्दानीले भाग गर्दा मूल्य आम्दानी अनुपात निस्कन्छ । सामान्यतया १५ गुणा भन्दा कम मूल्य आम्दानी अनुपात भएका कम्पनी राम्रा मानिन्छन् । पीई रेसियो जति धेरै छ, त्यति धेरै शेयर अधिकमूल्यन भएको छ र जोखिम धेरै छ भनेर बुझ्नुपर्छ ।

नेपालका बिमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात हेर्नुहोस्ः


सबै निर्जिवन बिमा कम्पनीहरुको चुक्ता पूँजी जोड्दा पनि एउटा बाणिज्य बैंकको शेयर पूँजी बराबर नहुने अहिलेको अबस्थामा माग र आपुर्तिको असन्तुलनले बिमा कम्पनीहरुको शेयर महंगो भएको छ । धेरै लगानीकर्ताले शेयर किन्न खोज्दा बेच्नेहरु धेरै नआउँदामाग र आपुर्तिको नियमले शेयर मूल्य महंगो हुन गएको छ ।
अन्य आधारभुत सूचक कस्ता छन् ?

प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात हेरेर मात्र हुन्न कम्पनीका अन्य आधारभुत सूचक पनि हेर्नुपर्छ । निर्जिवन बिमा कम्पनीहरुको प्रति शेयर नेटवर्थ र प्रति शेयर सम्पतिको मूल्य पनि महत्वपूर्ण पाटो हो । यसलाई पनि हेरौः

 

 

लाभांश कति बाँडे र बाड्लान् ?

कम्पनीहरुले अघिल्ला बर्षहरुमा कति लाभांश बाड्दै आएका छन् भन्ने कुरालाई पनि हेर्नुपर्छ ।

 क्रमशः लाभांश दर बढाउँदै लगेका कम्पनीहरु थुप्रै छन् । कतिपय कम्पनीहरुको लाभांश दर अघिल्लो बर्ष भन्दा गत बर्ष घटेको छ । तर अहिलेसम्म कत्ति पनि लाभांश नबाड्ने कम्पनीहरु पनि देखिएका छन् । आफ्नो नियमित आम्दानीबाट लाभांश बाँडे कि अन्यत्रबाट प्राप्त भएको रकमले लाभांश बाँडे भन्ने कुरा पनि महत्वपूर्ण छ । केही बिमा कम्पनीहरुले गत बर्षको खुद नाफाबाट नभई अन्यत्रबाट प्राप्त भएको रकमबाट लाभांश बाड्ेका पनि छन् ।

हकप्रद राम्रो कि बोनस शेयर ?

धेरै हकप्रदको तुलनामा बोनस शेयर धेरै दिने कम्पनीहरु राम्रा मानिन्छन् । नेपालका निर्जिवन बिमा कम्पनीहरुले आगामी दिनमा धेरै गुणा पूँजी बढाउनुपर्ने बाध्यता रहेको छ । यस्तो अबस्थामा धेरै हकप्रद कम्पनीका संस्थापकहरुले नै किन्न सक्दैनन् भने साधारण लगानीकर्ताले मात्रै त्यसैको आशमा मरिहत्ते गर्नु जोखिमपूर्ण हुनजान्छ । अर्को बुझ्नुपर्ने कुरा हकप्रद कम्पनीले दिने नभई बेच्ने हो । लगानीकर्ताले धेरै हकप्रद बेच्ने हैन, धेरै बोनस शेयर दिने कम्पनी नै छान्नु राम्रो हुनेछ ।

बिमा बजार के होला ?

नेपालको सन्दर्भमा बिमा बजारको ब्यापक संभावना छ तर यो रातारात हुने भने हैन । बिमा गराउनुपर्ने चेतना नागरिकमा बढ्दै जाँदा यस क्षेत्रका कम्पनीहरुको प्रगति हुँदै जाने हो । अघिल्लो बर्षमा अटो र घरबिमामा मात्र सिमित रहेका बिमा कम्पनीहरु अहिले कृषि हुँदै स्वास्थ्य बिमाका क्षेत्रमा अग्रसर भएका छन् । कृषि तथा पशु बिमाका लागि जिल्लाहरु नै तोकेर बिमा कम्पनीहरु पचहत्तरै जिल्लामा पुग्दा बजार बिस्तारमा सघाउ पुगेको छ तर त्यसको प्रतिफल प्राप्त हुनलाई अरु केही बर्ष कुर्नैपर्ने हुन्छ किनभने धेरै किसानले बिमाको महत्व बुझेकै छैनन् । त्यस्तै अनिबार्य घर बिमाले पनि बिमा कम्पनीहरुको कारोबार बृद्धिमा उल्लेखनीय बढोत्तरी हुनसक्छ तर सरकारले सुरु गरेको स्वास्थ्य बिमामा भने अहिलेका बिमा कम्पनीहरुको कुनै स्वामित्व छैन ।

कम्पनीहरुको बारेमा बिचार गर्दा बिमा कम्पनीमा संस्थागत सुशासनले पनि ठूलो भुमिका खेल्छ भन्ने कुरा बिर्सनु हुँदैन । अहिले पनि कतिपय बिमा कम्पनीहरु यही कारणले समस्यामै छन् । 

एफपीओको आश

कतिपय लगानीकर्तालाई केही बिमा कम्पनीहरुले आफ्नो कम्पनीमा सर्बसाधारणको हिस्सा ३० प्रतिशत बनाउँन थप साधारण शेयर निश्काशन अर्थात एफपीओ ल्याउने चर्चाले पनि बिमा क्षेत्रको शेयर मूल्यमा तेजी आएको देखिन्छ । निर्जिवनको क्षेत्रमा शिखरले प्रिमियिममा एफपीओ निश्काशन गरेपछि यसको लहर आएको हो । तर यस बर्ष अब कुनै पनि निर्जिवन बिमा कम्पनीले एफपीओ निश्काशन गर्नसक्ने अबस्था छैन । त्यसो हुँदा एफपीओबाट आउने प्रिमियमबाट शिखर बाहेकका लगानीकर्ताले बोनस शेयर पाउने आश गर्नु शिखर बाहेक२०७५ सालको कुरा मात्रै हो । २०७४ असारसम्ममा एपपीओ निश्काशन गरेमा त्यसको प्रिमियमबाट २०७५ सालमा हुने साधारणसभामा मात्र लाभांश बाड्नसक्ने अबस्था हुन्छ ।

बिमा कम्पनीहरुको शेयर पूँजी कम, नेप्सेमा सुचिकृत शेयर मध्ये पनि सर्वसाधारण समूहमा झनै कम र सामुहिक लगानी कोष, बैंकहरु र सर्वसाधारणले यसैको शेयर किन्न खोज्दा शेयर मुल्य आकासिदै गएको छ । कति माथि जाने ? लगानीकर्ताकै मर्जी ।

नोटः तथ्य बिबरणहरु तेस्रो त्रैमासिक बित्तीय बिबरणमा आधारित छन् । नेपाल ईन्स्योरेन्सका बित्तीय बिबरणहरु उपलब्ध हुन नसकेकाले यस तुलनात्मक अध्ययनमा समाबेश गर्न सकिएन । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।