दिव्यश्वरी हाइड्रोको आइपिओ भर्ने आज अन्तिम दिन, तीन दिनमा पर्यो डेढ अर्बको आवेदन

Jun 30, 2016 Mero Lagani

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा ३ दिनमा मात्र झण्डै डेढ अर्ब रुपैंयाको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले दिएको जानकारी अनुसार ३ दिनमा झण्डै ५० हजार आवेदकबाट उक्त रकमको आवेदन परेको हो ।

कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । अधिक आवेदन परेका कारण बिहीबार नै शेयर निष्काशन बन्द हुने क्यापिटलले जनाएको छ । शेयर निष्काशन भएका दिनदेखि नै आवेदन संकलन केन्द्रहरुमा आवेदकको चाप देखिएको छ ।

क्यापिटलका प्रबन्ध निर्देशक पुर्णचन्द्र दाहलका अनुसार अधि मात्रामा शेयरमा आवेदन परेको हो । मेरोलगानीसंगको कुराकानीमा उनले भने ‘झण्डै ४ लाख कित्ता शेयर निष्काशन भएको हो, अहिलेसम्म १ करोड ४७ लाख कित्ता शेयरका लागि आवेदन परिसक्यो, यसले १० कित्ताका दरले पनि शेयर कसरी बाड्ने भन्ने अवस्था श्रृजना भएको छ ।’

उनका अनुसार सोमबार ५ हजार ८ सय ३१ आवेदनबाट १८ करोड २२ लाख ९४ हजार ८ सय रुपैंयाको आवेदन परेको थियो । शेयर निष्काशन भएको दोस्रो दिन मंगलबार २२ हजार २ सय २२ आवेदनबाट ६६ करोड ७२ लाख २ हजार ४ सय रुपैंयाको आवेदन परेको थियो । तेस्रो दिन बुधबार पनि २० हजार ४ सय ३१ ऋावेदकबाट ६१ करोड ३२ लाख ८१ हजार ३ सय रुपैंयाको शेयर आवेदन परेको थियो ।

तीन दिनको तथ्यांकलाई हेर्दा कुल ४८ हजार ४ सय ८४ आवेदनबाट १ अर्ब ४६ करोड २७ लाख ७८ हजार ५ सय रुपैंयाको आवेदन परेको हो । यो माग गरिएको शेयर भन्दा ३७ गुणा बढी हो । क्यापिटलले अन्तिम दिन मात्रै १ अर्ब रुपैंयाको हाराहारीमा शेयर आवेदन पर्ने अनुमान गरेको छ ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैंयाका दरले निष्काशन गरेको शेयरमा लगानीकर्ताले कम्तीमा ५ हजार रुपैंयादेखि १ लाख रुपैंयासम्मको आवेदन दिन सक्ने छन् । पछिल्लो समय साधारण शेयरमा लगानीकर्ताको अधिक आकर्षण बढेसंगै शेयर बाँडफाँडको मोडलमा समेत परिमार्जन देखिन थालेको छ । १ लाख रुपैंयासम्म मात्र आवेदन दिन सकिने भएकाले कम्पनीको शेयरमा परेका सबै आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बितरण गर्न सक्ने देखिन्छ । यस अघि निष्काशन भएका शेयर बाँडफाँडको मोडलले पनि यसलाई पुष्टि गर्छ ।

शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले आगामी साउनदेखि व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

संखुवासभाको सभा खोलामा अहिले जलविद्युत आयोजना निर्माण भैरहेको छ । ‘जेठ देखि नै व्यवशायिक रुपवमा विद्युत उत्पादनको लक्ष्य थियो तर कामदारको अभावले प्रकृया लम्बिएको अवस्थामा अहिले वर्षतमा पुल नभएकाले सोचे अनुरुप काम गर्न सकिएको छैन’ हाइड्रोका अध्यक्ष निरौलाले भने । उनका अनुसार २ साता भित्रमा प्रशारण लाइनको तार टाग्ने काम सकिनेछ । अहिले हेड रेस पाइप बिछ्याउने, पावर हाउसमा मेशिन जडान गर्ने काम तिब्र रुपमा अघि बढेको जनाउँदै निरौलाले प्राकृतिक कारणले अवरोध नआए साउन मसान्तदेखि नियमित विद्युत उत्पादन सुरु हुने बताए ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।