डिप्रोक्स लघुवित्तले शतप्रतिशत हकप्रद दिने,चुक्ता पूँजी ५१ करोड ५८ लाख नाघ्ने

Jul 01, 2016 merolagani

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (DDBL) ले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर दिने भएको छ । विहिबार चितवनमा सम्पन्न बैंकको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १ः१ का दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत बोनश दिएको बैंकले शतप्रतिशत हकप्रद दिने भएको हो । बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया पुगेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ ।

साथै साधारणसभाले बैकको हाल रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७० र ३० प्रतिशतलाई ५१ र ४९ प्रतिशतमा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै अधिकृत पुँजी ३० करोडबाट वृद्धि गरी ६० करोड पुराउने निर्णय गरेको छ । 

डिप्रोक्स लघुवित्तमा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण सहित गरिबी निवारणको मुख्य उद्देश्यका साथ बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ।

बैंकले तेस्रो त्रैमाससम्ममा १५ करोड खुद नाफा कमाएको छ । तेस्रो त्रैमासको विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४३.९८ रहेको छ । निस्क्रिय कर्जा अनुपात ०.७३ रहेको छ ।

चालू आवको जेठ मसान्तसम्म बैंकको ग्रामीण, बिपन्न तथा पिछडिएका क्षेत्रका करिब १ लाख १९ हजार परिवारमा ३ अर्ब ८६ करोड कर्जा लगानी रहेको बैंकले जनाएको छ ।

 ................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।