बोनस शेयर, हकप्रद शेयर र साधारणसभा प्रयोजनका लागि यही असार २१ गते एकैपटक शेयरधनी दर्ता किताब बन्द गर्नु अर्थपूर्ण मानिएको छ । हकप्रद र बोनस दुबै पाउन चाहनेले असार २१ गते अगाडि नै शेयर किनिसक्नु पर्ने कम्पनीले जनाएको छ ।
हकप्रद बितरणको स्वीकृति पाउन ढिला भएकाले बोनस र हकप्रदको लागि शेयरधनी दर्ता किताब बन्दको सूचना एकैपटक निकाल्नु परेको कम्पनीको भनाई छ ।
उसले चालु आर्थिक बर्षको खुद नाफाबाट आउने साधारणसभामा पनि १५ प्रतिशत बोनस र ३ः२ अनुपातमै हकप्रद जारी गर्ने पूँजी योजना अगाडि सारेको छ । अल्पाईनका प्रमुख कार्यकारी लालबहादुर थिड. आफ्नो बैंक मर्ज र एक्विजिशनमा नजाने स्पष्ट पार्दै भन्नुहुन्छ- हामी मर्जमा जादैनौ, आफैले चुक्ता पूँजी पुर्याएर अहिलेकै तीन जिल्ले कार्य क्षेत्रमा सघन बैंकिड. कारोबार गर्छौ ।
तीन जिल्ला मात्रै कार्य क्षेत्र भएकाले अल्पाईनले चुक्ता पूँजी २०७४ असारसम्ममा ५० करोड पुर्याए पुुग्छ ।
अल्पाईन सानो बैंक भएर पनि कुनै संस्थासँग गाभ्ने, गाभिने र किन्ने, बेचिने सम्बन्धी प्रस्ताव साधारण सभामा नलैजाने बैंक हो ।
बैंकका मुख्य प्रबद्र्धकहरुमा बैंकर मोहना लोहनी, उद्योग बाणिज्य संघ मकवानपुरका पूर्व अध्यक्ष जीवनकाजी माकाजु, राष्ट्र बैंकका पूर्व कर्मचारी सुर्दशनप्रसाद अधिकारी, आकृति ईन्टरनेशनल समूह लगायत रहेका छन् । प्रमुख कार्यकारी थिड. पनि पहिले एनएमबी र माछापुच्छ्रै बैंक तथा आईसीएफसी फाईनान्समा लामो अनुभव हासिल गरेको बैंकर हुनुहुन्छ ।
मकवानपुरमा ६, चितवनमा ४ र काभ्रेमा ४ शाखा संचालन गरिरहेको अल्पाईनले ग्रामिण तहमा लघुवित्त शैलीमा बिना धितो कर्जा प्रबाह गरेर लघुबित्त संस्थाहरुसँग प्रधिस्पर्धामै उत्रिएको छ । अल्पाईनका लागि तीन जिल्ला कार्य क्षेत्र नै काफी रहेको र संघियतापछिको बढ्दो आर्थिक गतिबिधिले नया अबसर सिर्जना गरेको थिड. बताउनुहुन्छ ।
केही बर्ष अघिसम्म हेटौडाको आर्थिक गतिबिधि सुस्त रहे पनि हालैका बर्षहरुमा जनघनत्व बढ्नुका साथै आर्थिक गतिबिधि तीब्र भएकाले स्थानीय बैंक अल्पाईनलाई कारोबार बृद्धि गर्न सहयोग पुगेको प्रमुख कार्यकारी थिड.को भनाई छ ।
४ प्रतिशत हाराहारीमा निस्क्रिय कर्जा रहेको अल्पाईनले आबधिक कर्जा बढी मात्रामा परिचालन गरेको छ । यस असारमा कर्जा असुली बढाएर निस्क्रिय कर्जा अनुपात घटाउने रणनीति बैंकले अख्तियार गरेको छ ।
यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा साढे दुई करोड कमाएर प्रति शेयर आम्दानी २० रुपैयाँ कायम गरेको बैंकको जगेडा कोषमा ९ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर मूल्यको हिसावले हेर्दा प्रतिकित्ता सात सय ५ रुपैयाँ बिचारणीय छ ।
लगातार दुई बर्षसम्म ६६ प्रतिशत हकप्रद जारी गर्ने योजना अगाडि बढाएको बैंकका संस्थापकहरुले पैसा थपिरहन सक्लान् त ? यस प्रश्नमा थिड भन्नुहुन्छ, लगानीकर्ताले प्रतिफल हेर्ने हो, आगामी दिनहरुमा बैंकको कारोबार र नाफा बढेर जान्छ, उहाँहरुले प्रतिफलको आधारमा पूँजी थप्ने कुरा निश्चित छ ।
साधारणसभा सम्बन्धी सूचना यहाँ हेर्नुहोस्
....................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?