शेयर निष्काशनमा आस्बा प्रणाली लागू गर्ने धितोपत्र बोर्डको तयारी कहाँ पुग्यो ? साउनदेखि लागू नहुने पक्का

Jul 08, 2016 Mero Lagani

परमेश्वर अधिकारी
साउनदेखि शेयरमा आवेदन दिंदा चेक खिच्न नपर्ने गरि एएसबीए आस्बा प्रणाली लागू गर्ने धितोपत्र बोर्डको योजना आवश्यक गृहकार्यको अभावमा साउनदेखि लागू नहुने भएको छ । आइपिओमा डिम्याट खाता अनिवार्य गराएको बोर्डले आवश्यक गृहकार्यको अभावमा साउ महिनाबाट एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट प्रणाली लागू हुन नसक्ने जनाएको हो ।

बोर्डले साधारण शेयर आवेदनका दौरान शेयर बाँडफाँड पछि मात्र आवेदकको खाताबाट रकम खिच्ने व्यवस्था लागू गर्ने तयारी गरेको हो । केही समय अघि साधारण शेयरमा डिम्याट खाता अनिवार्य गर्ने निर्णयसंगै बोर्डले साउनदेखि आवेदन फारममा नै बैंक खाता राख्न लगाएर शेयर माग गरेको रकम रोक्ने प्रणाली कार्यान्वायनमा ल्याउने निर्णय गरेको थियो ।

धितोपत्र बोर्डका अनुसार आइतबार बोर्डको एक टोली भारतमा आस्बाको प्रयोग कसरी भैरहेको छ र नेपालमा कुन मोडलमा जान सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गर्न भारत प्रस्थान गर्दैछ । मेरोलगानीसंगको कुराकानीमा बोर्ड प्रवक्त निरज गिरीले भने ‘आस्बाको तयारी भैसकेको छ, यसलाई अन्तिम रुप दिन ढिलाई भएका कारण साउनदेखि यो प्रणाली लागू हुन सकेन ।’

उनका अनुसार अहिले धितोपत्र बोर्डबाट साधारण शेयर निष्काशनको अनुमती पाएका कुनै पनि कम्पनीको शेयर निष्काशन आस्बा प्रणालीमा नआउने भएको हो । ‘अहिले हामीले स्वीकृति दिएका कम्पनीको साधारण शेयरमा यो प्रणाली लागू नहुने भयो । तर भदौ पछि निष्काशन हुने शेयरमा भने यो प्रणाली लागू गराउने गरी हामीले गृहकार्य गरिरहेका छौं, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेरेर अघि बढ्ने योजना छ ।’ बोर्ड प्रवक्त गिरीले भने ।

अहिले शेयर आवेदकले आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने र ५० हजार रुपैंया भन्दा तलको आवेदनमा सोझै नगद बुझाउन सकिने व्यवस्था छ । एएसबीए प्रणाली लागू भए पछि आवेदकको बैंक खातामा पैसा ब्लक गरिने भए पछि आवेदन फारम मात्र बुझाउँदा हुन्छ ।

शेयर निष्काशनको लागत घटाउनुका साथै निष्काशन प्रकृयालाई सहज अनि सरल बनाउन बोर्डले एएसबीए प्रणाली साउन १ देखि लागू गर्ने निर्णय गरेको थियो । यसका लागि आवश्यक कार्यविधि तयार गर्न बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैंकर्स संघ, मर्चेण्ट बैंकर्स संघ लगायतका सरोकारवालाहरु सहितको एउटा समिति समेत गठन गरेको थियो ।

बोर्डले बैंकको चेक जम्मा गर्ने, शेयर बाडँफाटँ भएपछि शेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने प्रकृया लामो र झण्झटिलो भएको भन्दै यस्तो व्यवस्था गर्न लागेको हो । नयाँ व्यवस्था लागू गरे पछि
साधारण शेयर आवेदन प्रकृया छिटो र सहज हुनुका साथै आइपिओ निष्काशनका दौरान हुने अनियमितता नियन्त्रण हुने धितोपत्र बोर्डको बुझाई छ ।

एएसबीए प्रणाली भनेको बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेका लगानीकर्ताहरूले शेयरमा आवेदन दिंदा शेयर बाँडफाँटपछि आफूलाई शेयर परे बराबरको रकममात्र निक्षेप खाताबाट भुक्तान गरिदिने व्यवस्था सहितको बैंकिङ सेवा हो ।

यो प्रणाली अन्तरगत लगानीकर्ताले आफ्नो बैंक खाता रहेको तथा धितोपत्र बोर्डले मान्यता दिएको बैंकमा आफुले लगानी गर्न चाहेको शेयरको रकम होल्ड गर्न निवेदन दिए पछि बैंकले उपलब्ध गराउने प्रमाणपत्र सहित शेयरको आवेदन दिनु पर्ने हुन्छ । प्रमाणपत्र जारी भए पछि बैंकमा रकम ब्लक हुनेछ भने शेयर बाँडफाँट पछि शेयर परेको रकम मात्र शेयर निष्काशन गर्ने कम्पनीकोमा बैंकले पठाउने छ ।

यो प्रणाली लागू भए पछि आफूले मागे जति शेयर नपरेमा शेयर नपरेको रकम फिर्ता लिन फेरी आवेदन बुझाएको स्थानबाट चेक लिने तथा बैंकमा फेरी चेक जम्मा गर्न जानुपर्ने झण्झटको अन्त्य हुन्छ । यसका साथै शेयर निष्काशन गर्ने कम्पनीको चेक व्यवस्थापनमा हुने खर्च पनि कटौती हुन्छ ।

एएसबीए प्रणाली यस अघि नै सुरु गर्ने भनिए पनि साधारण शेयरमा डिम्याट खाता अनिवार्य नगरी प्रणाली कार्यान्वायन हुन नसक्ने तर्फ मर्चेण्ट बैंकरहरुले बोर्डको ध्यानाकर्षण गराउँदै आएका थिए । अहिले डिम्याट अनिवार्य गरेर एएसबीए प्रणाली लागू गराउन बोर्डले अग्रसरता देखाएको हो ।

बोर्ड प्रवक्ता गिरीका अनुसार साधारण शेयर निष्काशन प्रकृया सहज बनाउँदै गर्दा त्यसको बाँडफाँड अवधि पनि छोट्याउने तयारीमा बोर्डले गृहकार्य गरिरहेको छ ।

एएसबीए प्रणालीमा बैंकहरुको भुमिका महत्वपुर्ण हुने भएका कारण नियमकले बैंकहरुले गर्न सक्ने अनियमिततालाई भने नजिकबाट नियमन गरिरहनु पर्ने हुन्छ । लगानीकर्ताले लगानी गर्न चाहेको शेयर बराबरको रकम बैंकले आवेदकको निक्षेप खातामा रोक्का गरिदिन्छ । यसरी रोक्का गरिएको रकम फुकुवा नहुन्जेल लगानीकर्ताले चलाउन पाउने छैनन् । अहिले नै आस्बा लागू गर्नका लागि बैंकहरुसंग गर्नुपर्ने सहकार्य तथा सम्झौताका विषयमा छलफल भए पनि प्रकृया अघि बढेको छैन ।

आस्बा प्रणालीमा का मगर्न बैंक तयार भए पछि शेयर बाँडफाँटपछि लगानीकर्तालाई परेको शेयर बराबरको रकम बैंकले भुक्तानी गरिदिन्छ भने बाँकी रकम खातामा नै रहने यो प्रणाली अन्य मुलुकमा प्रचलनमा छ ।
नेपालको सन्दर्भमा भने यो प्रकृयामा बैंकसँग राम्रो सम्बन्ध बनाएका आवेदकहरुले आफ्नो खातामा भएको रकमभन्दा बढी रकमका लागि पनि आवेदन दिन सक्ने भएकाले त्यसमा बोर्डले आँखा पुर्याउनै पर्ने हुन्छ । यो प्रणाली लागू भए पछि ओभरड्राफ्ट लोन तथा अरु विभिन्न किसिमका ऋणका आधारमा आवेदन दिन पाउने वा नपाउने भन्ने विषय अर्को बहसको विषय हुने देखिन्छ ।

एएसबीए सुविधा दिए वापत बैंकले महशुल लिने कि निशुल्क रुपमा यो सेवा दिने भन्ने सम्बन्धमा ठोस निष्कार्ष आइसकेको छैन । व्यवशाय गरेर मुनाफा कमाउने लक्ष्यका साथ सञ्चालित बैंकहरुले यो सेवा निशुल्क सञ्चालन गर्ने कुनै आधार देखिएको छैन । आस्बा लागू भएको खण्डमा शेयर आवेदनका दौरान लाग्ने खर्च लगानीकर्ताबाट बैंकले असुल गर्ने देखिन्छ ।

पुराना सामग्री ...

साउनदेखि आइपिओको शेयर परे पछि मात्र पैसा तिर्नुपर्ने, के हो एएसबीए प्रणाली ?

धेरै आइपिओ आउँदैछन्, डिम्याट खाता खोल्नु भयो ? छैन भने खोल्नुस्

आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता सेयर जारी गर्ने

कहिले पाइन्छ लगानीकर्ता पहिचान कार्ड ?

थप तीन लघुवित्तले साधारण शेयर निष्काशन गर्ने

युनाइटेड मोदीले २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दै

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।