जलबिद्युत कम्पनीको शेयर कारोबारमा अरु ढिलाई, न्युनतम मूल्य कति ?

Jul 10, 2016 Mero Lagani

प्राइस रेञ्ज १ सय ९ देखि ३ सय २८ रुपैंया निर्धारण
जलविद्युत लगानी तथा बिकास कम्पनी (HIDCL) को शेयर कारोबार सुचारु हुन अझै केही दिन लाग्ने भएको छ । सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको १० प्रतिशत शेयर डिम्याट नभएका कारण तयारी अनुरुप शेयर कारोबार खुल्न नसक्ने भएको हो । कारोबार खुल्न अझै ४ लाख कित्ता शेयर डिम्याट हुन बाँकी छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्ममा कुल १६ लाख कित्ता शेयर मात्र डिम्याट भएको छ । यो सर्वसाधारणमा निष्काशन भएको शेयरको ८ प्रतिशत मात्र हो । अहिले कुनै पनि कम्पनीको १० प्रतिशत शेयर डिम्याट नभई शेयर कारोबार नहुने ब्यवस्था  छ ।

 

क्यापिटलका अनुसार कम्पनीको शेयर डिम्याट गराउने काम तिब्र रुपमा भईरहेको छ । सोमबारदेखि शेयर कारोबार खुलाउने लक्ष्यका साथ काम भैरहेकोमा ढिलोमा बुधबारसम्ममा कम्पनीको शेयर कारोबार चालु गराउने क्यापिटलले जनाएको छ ।

कम्पनीको प्रतिकित्ता शेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ । प्रतिशेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप कम्पनीको शेयर मुल्य निर्धारण गरिएको हो ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ  स्थापित  कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । ८ अर्ब संस्थापकको र सर्वसाधारणको २ अर्ब गरी कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैंया रहेको छ ।

कम्पनीले २ सय ७१ मेगावाट बराबरका ८ ओटा आयोजना निर्माणका लागि ऋण लगानी गर्ने सम्झौता गरेर त्यसै अनुरुप काम गर्दै आएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।