प्राईम लाईफ अझै बिमा समितिको कारबाहीमा,भ्रष्ट्राचार भएको रकम पुरै असुल भएन, साधारणसभा अनिश्चित

Jul 10, 2016 Merolagani

बढ्दो शेयर बजारमा हल्लाका पछाडि लागेर जस्तो पायो, त्यस्तो कम्पनीको शेयर मूल्य दैनिक बढाएर किन्दै हुनुहुन्छ भने सतर्क हुनुहोस् किनभने बजारमा यस्ता कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतले बढिरहेको छ जो नियमनकारी निकायको कारबाहीमा परेको छ र तत्काल कुनै लाभांश बितरण गर्नसक्ने अबस्थामा छैन ।

 प्राईम लाईफ ईन्स्योरेन्सPLICमा भ्रष्टाचार भएपछि केही बर्ष अघि बिमा समितिले हस्तक्षेप गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । ड्यु डिलिजेन्स अडिट अर्थात डीडीए नै गरेर बिमा समितिले दुई करोड ६७ लाख रुपैयाँ तत्कालीन प्रमुख कार्यकारी रेष्टा झाबाट असुल गराउन र अन्य संस्थागत सुशासनसम्बन्धी सुधार गर्न भनेको थियो ।

केही महिना अघि प्राईम लाईफले तत्कालीन प्रमुख कार्यकारी रेष्टा झाबाट ६७ लाख रुपैयाँ असुल गर्यो र उनलाई सफाई पत्र प्रदान गर्यो । झाबाट रकम असुल भईसकेको भन्दै प्राईमले आफ्नो सुधार प्रतिबेदन बिमा समितिमा पेश गरेको थियो ।यसका साथै बाँकी ४ बर्षको लेखापरीक्षण प्रतिबेदन तयार गराउने र साधारणसभा बोलाउने सोच पनि कम्पनीले बनाएको थियो । बिमा समितिले प्रतिबेदनमा कैफियत औल्याउँदै दुई करोड ६७ लाख मध्ये २ करोड रकम किन असुल भएन भनी फेरि कम्पनीलाई सोधेको छ ।

बिमा समितिकी सूचना अधिकारी पुजन ढुंगेलले भन्नुभयो - भ्रष्टाचार भएको रकम दुई करोड ६७ लाख मध्ये ६६ लाख रुपैयाँ असुल भएको प्रतिबेदन हामीलाई कम्पनीले दिएको छ । त्यसबारेमा अरु रकम किन असुल भएन भन्ने बारेमा कम्पनीसँग पत्राचार र छानविन चलिरहेको छ । 

बिमा समितिले बाँकी दुई करोड रुपैयाँ पनि असुल नभएसम्म कम्पनीको सुधार प्रतिबेदन स्वीकार नगर्ने स्पष्ट संकेत दिईसकेको बताईन्छ । बिमा समितिको यही अडानले अफ्ठेरोमा परेका प्राईफको ब्यवस्थापन अब के गर्ने भन्ने अन्योलमा रहेको बुझिएको छ ।

प्राईम लाईफका एक जिम्मेवार अधिकारीले मेरोलगानी डटकमसँग कुरा गर्दै बक्यौता तीन आर्थिक बर्षको लेखापरीक्षण र साधारणसभा गर्न बाँकी रहेकाले सुधार प्रतिबेदन स्वीकार नभएसम्म अगाडि बढ्न नसकिने अबस्था रहेको बताए । उनले बीमा समितिले हरेक कम्पनीले आर्थिक बर्ष समाप्त भएको दुई महिनाभित्र सैद्धान्तिक सहमति लिनुपर्ने, ४ महिना भित्रमा लेखापरीक्षण गराई ६ महिना भित्रमा साधारणसभा हुनुपर्ने निर्देशन जारी गरेकाले प्राईम लाईफ झन् अफठेरोमा परेको बताए ।

तत्कालै आकर्षक बोनस शेयर र हकप्रद आउँछ भन्ने हल्लामा प्राईम लाईफको शेयरमा लगानी गरेका सर्वसाधारण लगानीकर्ताहरुमा यस समाचारले झस्का पस्नु स्वभाविक छ किनभने कम्पनीमा आशलाग्दो सुधार नभएकाले तत्काल साधारणसभा संभव नभएको सूचना चुहिएपछि चलाखहरुले शेयर बेचेर बाहिर निस्किसकेका छन् । 

 

बिमा कम्पनीको शेयर मूल्य उचालेर किन्नु अघि यी तीन कम्पनीको अबस्थाबारे जान्नुहोस्

लौ हेर्नुहोस्, शेयर मुल्य उछालिएका जीवन बीमा कम्पनीहरुको बित्तीय अबस्था

बीमामा नेपाल लाईफको अग्रता, प्राईमलाई पछ्याउंदै नेशनल लाईफ

प्रभु बैंक र प्राइम लाइफबीच ‘क्रेडिट लाइफ बिमा’ सम्झौता

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।