नेपाल राष्ट्र बैंकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गत शुक्रबार गरेको थियो । त्यस लगत्तै बसेको मर्जर समितिको बैठकले गाभिएर बनेको नयाँ संस्था बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडका नामबाट ३० गते बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाए पछि बैंकले सोमबार मात्र कम्पनी रष्जिष्ट्रारको कार्यालयबाट पनि दायित्व बहन, सम्पत्ती वहन लगायतका सम्बन्धमा स्वीकृति पाए पछि एकीकृत कारोबार सुरु गर्ने मिति तय गरिएको बैंक अफ काठमाण्डौंका एक अधिकारीले मेरोलगानीलाई जानकारी दिए । मर्जर पश्चात बनेको नयाँ बैंकको कार्यालय कमलपोखरीमा रहने छ ।
७ महिना अघि २ बैंकहरु गाभिने सम्झौतामा बिओकेका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सत्यनारायण मानन्धर र डा. हेमराज सुवेदी तथा लुम्बिनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र सुवर्लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । बीओके र लुम्बिनी दुवै बैंकले २०७४ को असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुँजी र्पुयाउनु पर्ने मौद्रिक नीतिको व्यवस्था अनुसार मर्जरमा गएका हुन् । बैंकहरुको शेयर स्वाप रेशियो १ अनुपात शुन्य दशमलव ८२८१ रहने निर्णय भैसकेको छ ।
बीओके केही बर्ष अगाडिसम्म ब्लुचिप्सको रुपमा गनिएको कम्पनी भए पनि मेलम्ची ठेक्कामा फसेपछि खस्किएको छ भने लुम्बिनी पहिले धरासायी भएर राष्ट्र बैंकले सुधारे पछि क्रमश प्रगतिको पथमा लम्किदै गरेको बेंक हो । यी दुबैको मिलनले बलियो वाणिज्य बैंक बन्ने आधार खडा गरेका छन् ।
अहिले बिओकेको चुक्ता पुँजी २ अर्ब ६७ करोड १४ लाख रुपैयाँ रहेको छ । यसमा बैंकले पस्ताव गरेको बोनस शेयर पनि समावेश छ । बीओकेको बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी दुई अर्ब ६७ करोड पुर्याउने प्रस्ताव गरेको थियो ।
उता लुम्बिनी बैंकले पनि बोनस शेयर बितरण गरि आफ्नो चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट २ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ । यस क्रमममा बैंकले गत बर्षको नाफाबाट १५ प्रतिशत अर्थात २७ करोड ७० लाख बराबरको बोनस शेयर बितरण गरेको छ ।
मर्जर सम्झौता गरेको झण्डै ६ महिना पछि लुम्बिनी बैंकसंग मर्जर सम्झौता गरेको बीओकेले लुम्बिनीसंग मर्जरमा जाँदा बीओकोलाई धेरै फाइदा नहुने भन्दै आन्तरिक रुपमा मर्जर तोड्ने तयारी गरेको थियो । विगतमा यसरी नै मर्जर सम्झौता गरेर तोडेको इतिहासलाई देखाएर राष्ट्र बैंकले बीओकेलाई कुनै पनि हालतमा यो मर्जर प्रक्रिया पुरा गराउन कडाई गरेको थियो । यस्तो नभएको खण्डमा राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिए पछि बीओकेले लुम्बिनीसंगको मर्जर प्रक्रिया पुरा गराउने गरि साधारण सभा आह्वान गरेको थियो ।
बीओकेले आफ्नो बित्तीय अवस्था सुध्रिने छाँट देखेपछि लुम्बिनीको बिकल्प खोज्ने संकेत देखाएको थियो तर लुम्बिनीका संचालकहरुले बीओकेको यस्तो चाल बुझेपछि राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्क गरेका थिए । लुम्बिनीले बीओकेसँगको मर्जलाई अन्तिम रुप दिन भन्दै बैसाख २७ गते साधारणसभा सम्पन्न गरेको थियो ।
बीओके र लुम्बिनी बैंक मर्जर भए पनि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुगेको छ । अहिले बीओकेको ५१ तथा लुम्बिनीको १८ वटा शाखा सञ्चालनमा छन् । त्यसै गरि बिओकेको ५७ तथा लुम्बिनीको ५ वटा एटिएम काउण्टर सञ्चालनमा छन् ।
...............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।