ग्रीन डेभलपमेण्ट बैंकको शेयर बाँडफाँड, कसलाई कति पर्यो ? (नतिजा सहित)

Jul 13, 2016 Mero Lagani

ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा बुधबार बैंकको साधारण शेयर बाँडफाँड गरिएको हो । ९ सय कित्तासम्म शेयर माग्नेलाई गोलाप्रथाबाट शेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १ दशमलव ०५ प्रतिशत शेयर पाएका छन् ।

बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि ४ करोड ५० लाख रुपैंयाको शेयर निष्काशन गरेकोमा ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको थियो । यो रकम माग गरिएको शेयर भन्दा ९२ गुणा भन्दा बढी हो । संस्थागत लगानीकर्ता तथा कर्मचारीका लागि बैंकले यस अघि नै २२ हजार ५ सय र ९ हजार कित्ता शेयर सुरक्षित गरिसकेको छ । संस्थागत लगानीकर्ता र कर्मचारीलाई छुट्याएको ३१ हजार ५ सय कित्ता शेयरको गणना नगर्दा सर्वसाधारणका लागि ४ लाख १८ हजार ५ सय कित्ता शेयर निष्काशन भएको छ । यस आधारमा हेर्दा बैंकको शेयरमा ९९ प्रतिशत भन्दा बढी आवेदन परेको थियो ।

९० हजार रुपैंयासम्मका आवेदकको संख्या धेरै भएका कारण उक्त मात्राका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण गरेको बैंकले उक्त रकम भन्दा माथि १० लाख रुपैंयासम्मका आवेदकलाई १ दशमलव ०५ प्रतिशत शेयर बितरण गरेको हो ।

शेयर बितरणको मोडल हेर्न यहाँ क्लिक गर्नुहोस् । तपाईलाई कति कित्ता शेयर पर्यो नतिजा मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा क्लिक गरेर  IPO Result मा गई Green Developement Bank छानेर मागिएको विवरण भेरेर हेर्नू होस ।

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकारात्मक छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।